अदालत

प्रतिनिधिसभा विघटनविरुध्दको रिटमाथि सुनुवाइ  सुरु

इकागज | पुस २२, २०७७

काठमाडौं : प्रतिनिधि सभा विघटनविरूध्द परेका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । बुधबार ११ः४२ बजेदेखि सर्वोच्चले सुनुवाइ सुरु गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा गठित इजलासमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा भंग गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेका थिए । राष्ट्रपति भण्डारीले सोही दिन ओलीको सिफारिस सदर गरेकी थिइन् ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीविरुध्द रिट दायर गर्नेहरुमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कन्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओलीलगायत छन् । पुस ७ गते नेकपाका सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले पनि संसद विघटनविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

मन्त्रिपरिषद्‌ विस्तार किन ? एक हप्ताभित्र जवाफ पेश गर्नू : सर्वोच्च

इकागज | पुस २०, २०७७

काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन भएपछि मन्त्रिपरिषद्‌मा थप नियुक्ति, हेरफेर वा कार्यव...

वकिलको प्रश्‍न : सिनियर न्यायाधीश किन छुटे ? प्रधान न्यायाधीशको जवाफ : त्यो विषयमा प्रवेश नगरौं

इकागज | पुस १०, २०७७

काठमाडौं : संवैधानिक इजलासको क्‍लस्टरमा परेका वरिष्ठ न्यायाधीशहरु पन्‍छाउँदै पछिल्‍ला न्याया...

प्रतिनिधि सभा विघटनबारे मुद्दा : संवैधानिक इजलासमा प्रधान न्यायाधीशसहित पाँच न्यायाधीशले हेर्ने

इकागज | पुस १०, २०७७

काठमाडौं : प्रतिनिधि सभा विघटनसम्बन्धी परेको रिटको सुनुवाइका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर ...

प्रतिनिधि सभा विघटनविरुध्द सबै रिटको सुनुवाइ सं‌वैधानिक इजलासमा, अन्तरिम आदेश दिएन

इकागज | पुस ८, २०७७

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुध्द परेको १२ रिटको सुनुवाइ सं‌वैधानिक इजलासमा हुने भएको छ । ...

बदरको माग गर्दै नेकपाका प्रमुख सचेतक गुरुङको नेतृत्वमा सर्वोच्चमा रिट

इकागज | पुस ७, २०७७

काठमाडौँ : आफ्नै पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको निर्...