अदालत

न्यायाधीश, नेपाल बार र सर्वाेच्च बारको बैठक पाँच न्यायाधीशद्वारा बहिष्कार

इकागज | कात्तिक २९, २०७८

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आन्दोलनरत न्यायाधीशहरुलाई वार्तामा आउन आग्रह गरेपछि न्यायाधीशहरूले नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग छलफल गरे । तर, उक्त छलफल सर्वोच्चका पाँच न्यायाधीशले नै बहिष्कार गरेका छन् । 

न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार चुडाल, कुमार रेग्मी, मनोज शर्माले न्यायाधीश, नेपाल बार र सर्वाेच्च बारबीचको बैठक बहिष्कार गरेका हुन् । योसँगै आन्दोलनरत न्यायाधीशहरूबीच पनि फुट देखिएको छ । न्यायाधीशहरूको बहिष्कारपछि आजको बैठक निष्कर्ष विहीन टुंगिएको छ । बैठक भोलि पनि बस्ने छ । प्रधानन्यायाधीशले संवादका लागि आफू तयार रहेको भन्दै विज्ञप्ति जारी गरेपछि नेपाल बारले भने भ्रष्ट प्रधानन्यायाधीशसँग वार्तामा नबस्ने बताएको छ ।  

प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका छन् । बारले भने धर्ना र प्रदर्शन गर्दै आइरहेको छ ।  

प्रधानन्यायाधीशले वार्तामा बोलाएपछि न्यायाधीश, नेपाल बार र सर्वाेच्च बारका प्रतिनिधि छलफलमा

इकागज | कात्तिक २९, २०७८

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आन्दोलनरत न्यायाधीशहरुलाई वार्तामा आउन आग्रह गरेप...

पूर्वन्यायाधीश फोरमले भन्‍यो : चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीश पदबाट अविलम्ब बहिर्गमन हुनुपर्छ

इकागज | कात्तिक २९, २०७८

काठमाडौँ - पूर्वन्यायाधीश फोरमले चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीश पदबाट अविलम्ब बहिर्गमन हुनुपर्ने...

विकृति, विसंगति र भ्रष्टाचारका प्रवक्तासँग वार्ता हुन सक्दैन : चण्डेश्वर श्रेष्ठ

इकागज | कात्तिक २९, २०७८

काठमाडौँ - नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकोे राजीनाम...

एकपक्षीय ढंगले तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाइयो: प्रधानन्यायाधीश

इकागज | कात्तिक २९, २०७८

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूमाथि एकपक्षीय ढंगले तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप ...

प्रधानन्यायाधीश जबराले तोके बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा पेसी

इकागज | कात्तिक २९, २०७८

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज पनि बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइ...

आन्दोलनरत न्यायाधीश र बारलाई प्रधानन्यायाधीशले वार्तामा बोलाए (विज्ञप्तिसहित)

इकागज | कात्तिक २९, २०७८

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलित सहकर्मी न्यायाधीश र नेपाल बार एसोसिएसनलाई वार्...

'जबराले नैतिक र कानुनी वैधता गुमाइसक्नुभयो, उहाँ निभ्ने बेलाको बत्तीजस्तै हो'

इकागज | कात्तिक २९, २०७८

काठमाडाैं - नेपाल बार एशोसिएसनका पूर्वउपाअध्यक्ष एवं अधिवक्ता टीकाराम भट्टराई न्यायालय शुद्धीकरणको ...

प्रधानन्यायाधीश राणाले तोकेको इजलासमा नबस्न न्यायाधीशहरूलाई बारको पत्र

इकागज | कात्तिक २८, २०७८

काठमाडौँ – नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेको इजलासमा नबस्‍न...