अदालत

पाण्डे र  भट्टले नेकपा (एकीकृत समाजवादी) रोज्‍न पाउने

इकागज | भदौ २९, २०७८

काठमाडौँ – दुई संघीय संसद सदस्यहरु सोमप्रसाद पाण्डे र  शारदादेवी भट्टले नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्‍न पाउने भएका छन् । सर्वोच्च अदालतले उनीहरूलाई मंगलबार नयाँ पार्टी रोज्‍न कुनै असर नपर्ने अन्तरिम आदेश जारी गरेको हो । 

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले सांसदद्वय पाण्डे र भट्टको दल रोज्‍न पाउने हकमा असर पर्ने कुनै काम नगर्न अन्तरिम आदेश दिएको हो । नयाँ दल दर्ताको निर्णय हुनु पहिला नै निवेदन दिएकाले उनीहरू नयाँ दलमा आवद्ध हुन पाउने अन्तरिम आदेश सर्वोच्चको छ । 

एमालेका केही सांसदले नेकपा (एकीकृत समाजवादी) नामको दल भदौ ४ गते निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको र उक्त निवेदनमाथि निर्णय हुनुपहिल्यै दुई सांसदले उक्त दलमा जान पाउँ भनी निवेदन दिएको पाइएकोले उनीहरूलाई सो दलमा जान दिन कुनै बाधा नपर्ने सर्वोच्चको अन्तरिम आदेशमा उल्लेख छ । पाण्डे र भट्टलाई निर्वाचन आयोगमा निवेदन दिइ दल रोजेको आधारमा कारबाही नगर्नु भनी सर्वोच्चले अन्तरिम आदेश दिएको छ ।

यस्तो छ सर्वोच्चको अन्तरिम आदेश

संवैधानिक नियुक्तिविरुद्ध सुनुवाइ ‘आलटाल’मा असन्तुष्टिसहित पूरक निवेदन

इकागज | भदौ २८, २०७८

काठमाडौँ - अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र ५२ जना संवैधानिक पदाधिकारी निय...

तत्कालीन गाविस परिषद्को निर्णयविना आर्थिक अनियमितता गरेको अभियोगमा सात जनाविरुद्ध मुद्दा दर्ता

इकागज | भदौ २८, २०७८

काठमाडौँ - तत्कालीन गाउँविकास समिति परिषद्को निर्णयविना आर्थिक अनियमितता गरेको अभियोगमा तनहुँका सात ज...

नेकपा (एकीकृत समाजवादी) रोजेका दुई सांसदलाई तत्काल कारबाही नगर्न अदालतको आदेश

इकागज | भदौ २७, २०७८

काठमाडौँ – नेकपा एमाले विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)को अभिलेखमा आफ्नो नाम अद्या...

गृह मन्त्रालयको विज्ञप्तिविरुद्ध सर्वाेच्चमा रिट, २७ भदौलाई पेशी तोकियो

इकागज | भदौ २३, २०७८

काठमाडौँ – गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिविरुद्ध सर्वाेच्चमा रिट दायर भएको छ । मन्त्रालयले गत ...

कोभिड–१९ को बीमा भुक्तानी नदिने कम्पनीविरुद्ध उच्च अदालत विराटनगरद्वारा कारण देखाउ आदेश

इकागज | भदौ २२, २०७८

विराटनगर - कोभिड १९ को बीमा वापतको रकम भुक्तानी नदिएको भन्दै नेपाल पत्रकार महासंघ मोरङले दायर गरेको ...

ओलीको रिटमा भदौ २८ गते दुवै पक्षलाई झिकाउने आदेश, आयोगसँग लिखित जवाफ माग

इकागज | भदौ २२, २०७८

काठमाडौँ - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित १४ सांसद र लुम्बिनीका २ सांसद पदम...

मद्रासलाई दिइएको अन्त:शुल्क स्टीकरको ठेक्का रोक्न सर्वोच्चमा रिट

इकागज | भदौ २२, २०७८

काठमाडौँ - आन्तरिक राजस्व विभागले अन्त:शुल्क स्टीकर छाप्न भारतीय कम्पनी मद्रास सेक्यूरिटी प्रिन्टर्सलाई दिएको...