अदालत

गृह मन्त्रालयको विज्ञप्तिप्रति सर्वाेच्च बारको आपत्ति

इकागज | भदौ २१, २०७८

काठमाडौँ - गृहमन्त्रालयको विज्ञप्तिप्रति सर्वोच्च अदालत बार यशाेसियसनले ध्यानाकर्षण भएको जनाएको छ । बारले मित्र राष्ट्रहरूको सहयोगमा सञ्‍चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तीनकाे सम्पतिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्ष रुपमा सञ्चार माध्यममा नकारात्मक टीकाटिप्पणी गर्ने र धम्कीपूर्ण अभिव्यक्ति दिने जस्ता गतिविधि गर्ने उपर सुक्ष्म रुपमा निगरानी राख्ने, विश्लेषण गर्ने र कानून बमोजिम कडा कारबाही गर्ने धम्कीपूर्ण भाषा प्रयोग गरी जारी गरिएको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

'नेपालको संविधानको धारा १७ को उपधारा (२) को खण्ड (क) ले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रताको प्रत्याभूत गरेको छ । जस अनुसार राज्यभित्र हुने जुनसुकै क्रियाकलापको स्वस्थ टीकाटिप्पणी गर्न पाउने हकबाट कुनै पनि नागरिक वा सञ्चार माध्यमलाई कुण्ठित गर्न पाइँदैन,' बारको विज्ञप्तिमा भनिएको छ, 'संविधानको दायराभित्र रहेर गरिने विचार र अभिव्यक्तिको स्वतन्त्रतालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोक लगाउने गरी जारी गरिने कुनै पनि विज्ञप्तिले लोकतान्त्रिक शासन प्रणालीको मुल्य मान्यतामाथी नकारात्मक असर पुग्ने यस बारको ठहर छ ।' 

 

न्यायाधीश हरि फुयाँलको आदेशलाई चुनौती दिँदै रिट (रिटको पूर्णपाठसहित)

इकागज | भदौ १८, २०७८

काठमाडौँ -  सर्वाेच्च अदालतका न्यायाधीश हरि फुयालको एकल इजलासले संवैधानिक इजलासमा प्रधानन्यायाधीश...

प्रधानन्यायाधीश बस्‍ने/नबस्‍ने टुंगो नलाग्दासम्म संवैधानिक नियुक्तिसम्बन्धी रिटको सुनुवाइ नहुने

इकागज | भदौ १७, २०७८

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा संवैधानिक इजलासमा बस्‍ने नबस्‍ने टुंगो नलाग्दासम्...

संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्‍ने कि नबस्‍ने भन्‍ने मुद्दाको सुनुवाइ हुँदै

इकागज | भदौ १७, २०७८

काठमाडौँ -  सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै नेतृत्वमा संवैधानिक इज...

उच्च अदालत विराटनगरका मुख्य न्‍यायाधीशद्वारा एक वर्षमा एक्लै सात सय मुद्दा फर्स्यौट

बाबुराम भण्डारी | भदौ ११, २०७८

विराटनगर – उच्च अदालतका विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले सवैभन्दा धेरै एक्लै सात सय ब...

‘अदालतको फैसलाप्रति असहमति जनाउन सकिन्छ तर व्यङ्ग्य र तुष्टिकरण गर्नुको अर्थ रहन्‍न'

इकागज | भदौ ९, २०७८

काठमाडौँ - पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सरकार र राजनीतिक दललाई संविधानभित्र बाँधिने संस्कार तथा ...