कोभिड-१९

२ हजार ९७७ जनामा कोभिड संक्रमण पुष्टि

इकागज | साउन ८, २०७८

काठमाडौँ - नेपालमा शुक्रबार थप २ हजार ९ सय ७७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभगरिएको १३ हजार ६९८ पिसिआर परीक्षणका क्रममा १ हजार ९ सय ८२ जना र ३ हजार ६ सय १० एन्टीजेन परीक्षणका क्रममा ९९५ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यो संगै नेपालमा संक्रमितको संख्या ७ लाख ३० हजार १४६ पुगेको छ । त्यस्तै कोभिड कारण थप १८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोभिडका कारण ९ हजार ६ सय ७९ जनाको मृत्यु भएको छ । त्यस्तै थप १ हजार ६ सय ७८ जना निको हुँदा हालसम्म नेपालमा ६ लाख ३९ हजार ३६८ संक्रमित निको भएका छन् । हाल नेपालमा २७ हजार ६६१ सक्रिय संक्रमित आइशोलेशन र ३३५ जना क्वारेन्टाइनमा छन् ।

कसरी बढ्‍यो कोरोना ग्राफ ? यी हुन् पाँच सय बढी संक्रमित १० जिल्‍ला

इकागज | साउन ८, २०७८

काठमाडौँ- निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्या...

स्वास्थ्यले भन्यो : संक्रमण बढ्न सक्छ, अक्सिजन र बेड तयार गर्नू

इकागज | साउन ७, २०७८

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को तेस्रो लहर आउने भन्दै स्वास्थ्य संस्थाहरूलाई सतर्क रह...

खोप कार्यक्रम सुस्त भएपछि अस्ट्रेलियाली प्रधानमन्त्रीले मागे माफी

इकागज | साउन ७, २०७८

काठमाडौँ- कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यक्रम सुस्त भएपछि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनल...