क्रिकेट

नेपाल भर्सेस भारतः अपेक्षा कम, उत्साह बढी

इकागज | भदौ १७, २०८०

काठमाडौँ- पाकिस्तान र श्रीलंकामा जारी एसीसी एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले सोमबार उपाधि दावेदार भारतविरुद्ध खेल्दैछ ।

समूह ‘ए’ मा रहेका नेपाल र भारतबीचको खेल श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ ।

पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनको पराजय भोगेको नेपालले भारतको सिनियर टोलीविरुद्ध कुनै पनि फर्म्याटमा खेल्न लागेको यो पहिलो अवसर हो । त्यसैले नेपाली टोली यसका लागि उत्साहित छ ।

अर्कोतर्फ दुई पटक एकदिवसीय विश्वकप जितेको भारतले भने पहिलो खेलमा पाकिस्तानसँग अंक बाँडेको थियो । वर्षाका कारण खेल पूरा हुन नसकेपछि पाकिस्तान र भारतले अंक बाँड्न बाध्य भएका थिए ।

त्यसैले भारत भने नेपालमाथि जित हात पारेर सुपर फोरको यात्रा तय गर्न चाहन्छ ।

तर नेपाल र भारतबीचको खेल पनि वर्षाका कारण प्रभावित हुने अनुमान गरिएको छ । यस्तो अवस्थामा भारत २ अंकसहित समूहको उपविजेताको रुपमा सुपर फोरमा पुग्नेछ ।

तर नेपाली खेलाडी तथा समर्थकहरु भने नेपाल र भारतबीच पहिलो भेट यादगार बनाउन चाहन्छन् । र उक्त खेलको नतिजा कुरेर नतिजा कुरेर बसिरहेका छन् ।

खासमा नेपालले भारतलाई पराजित गर्ने अपेक्षा कमैले राखेका छन् । नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले पनि नेपालले भारतलाई हराउने अपेक्षा व्यक्त गरेका छैनन् ।

उनले भारतजस्तो टिमसँग खेलेर नेपाली टिमले धेरै कुरा सिक्न सक्ने विश्वास लिएका छन् ।

जबकी प्रतियोगिता अघि नै नेपाली टिमका कप्तान रोहित पौडेलले पाकिस्तान र भारतसँग खेल्नका लागि उत्साहित रहेको तथा धेरै कुरा सिक्न सक्ने बताएका थिए ।

तर कप्तान पौडेलले भने भारत र पाकिस्तान दुवै टोलीविरुद्ध अप्रत्याशित नतिजा निकाल्ने अपेक्षा भने रहेको बताएका थिए । पाकिस्तानसँग ठूलो अन्तरको पराजय भोगेको नेपालले भने भारतविरुद्ध खेल्दा भने उच्च मनोबलका साथ मैदानमा उत्रनुपर्ने हुन्छ । 

र पौडेलको अपेक्षा अनुसार नेपालले पराजित गरेको खण्डमा नेपाल प्रतियोगिताको सुपर फोरमा पुग्ने तथा विश्व वरीयताको तेस्रो नम्बरमा रहेको भारत भने प्रतियोगिताबाट बाहिरिने छ ।

तर त्यसका लागि नेपालले ब्याटिङ, बलिङ र फिल्डिङमा अनपेक्षित प्रदर्शन गर्नुपर्नेछ ।

विश्वकप छनोटः भुटानलाई हराउँदै नेपालले दर्ता गर्‍यो तेस्रो जित

इकागज | भदौ १७, २०८०

काठमाडौँ- मलेसियामा जारी आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोटअन्तर्गत नेपालले लगातार ते...

विश्वकप छनोटः बहराइनलाई हराउँदै नेपालले हात पार्‍यो दोस्रो जित

इकागज | भदौ १५, २०८०

काठमाडौँ- मलेसियामा जारी आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोटअन्तर्गत नेपालले लगातार दो...