क्रिकेट

टी-ट्वान्टी सिरिजः हङकङमाथि नेपालको जित

इकागज | भदौ ५, २०८०

काठमाडौँ- मलेसियामा आजबाट सुरु भएको चारदेशिय टी-ट्वान्टी सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा हङकङलाई पराजित गरेको छ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो ।

हङकङविरुद्ध जितका लागि चाहिएको ८५ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि सम्झना कुमारी खड्काले सर्वाधिक ३६  रनको योगदान गरिन् । पूजा महतोले १६ रन जोडिन् ।

हङकङका लागि बिबी मरियम, इकरा सहार, मारिको टाविथा अओटा र का यीङ्ग चानले एक-एक विकेट हात पारे ।

यसअघि बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८४ रन जोड्यो ।

हङकङका लागि का यिङ्ग चानले सर्वाधिक ३४ रन तथा सिङ यान डोरोथिया चानले १६ रनको योगदान गरे ।

नेपालका लागि सीता राना मगरले सर्वाधिक ५ विकेट हात पारिन् । इन्दु बर्माले २ विकेट लिइन् ।  

कविता कुँवर, पुजा महतो र रुविना क्षेत्री एक-एक विकेट हात पारे ।

सिरिजअन्तर्गत नै मलेसियाले कुवेतलाई ८ विकेटले हरायो ।

नेपालको क्रिकेटमा सुदूरपश्चिमको योगदान महत्वपूर्ण : मन्त्री देउवा

इकागज | भदौ २, २०८०

धनगढी - सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले नेपालको क्रिकेटमा सुदुरपश्...