कूटनीति

नेपाल र चीनबीचको सम्बन्ध जनस्तरसम्म विस्तार गर्न विज्ञको जोड

इकागज | भदौ १३, २०७८

काठमाडौँ : नेपाल र चीनका विज्ञहरुले दुइ देशबीचको सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नु पर्नेमा जोड दिएका छन् । नेपाल र चीनबीच द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापनाको ६६ औं बर्ष पुरा भएको अवसरमा समुन्नति फाउण्डेसन (नेपाल) र छाहर इन्स्टिच्युट (चीन) को संयुक्त आयोजनामा भएको ‘नेपाल–चीन सम्बन्धका  सम्भावना र चुनौतिहरु’का विषयक बृहत वेबिनारका सहभागिहरुले दुई देशबीच लामो असल सम्बन्ध रहेको चर्चा गर्दै सम्बन्धलाई अझ विस्तार गदै अगाडि बढाउन आवश्यक आधारहरुको चर्चा गरेका हुन् । वेबिनारका अतिथि वक्ता र सहभागिहरुले चीनले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’बाट नेपालले लाभ लिन सक्ने तर्फ जोड दिएका हुन् ।  

कार्यक्रममा नेपालका तर्फबाट चीनका लागि नेपालका पूर्व राजतुत डा. महेश मास्के, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. पिताम्बर शर्मा, प्रोफेसर डा. युवराज संग्रौला र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक डा. रुपक सापकोटाले आफ्नो धारणा राखेका थिए । यस्तै चीनका तर्फबाट नेपालका लागि चीनका पुर्व राजदुत छीउ कोहोङ, छाहर इन्स्टिच्युटका डा. ली छयाङमीन, सिचुवान विश्वविद्यालयका डा. हुवाङ चङतो र प्रो छङ सीचोङले आफ्नो धारणा व्यक्त गरेका थिए ।

वेबिनारमा नेपालका तर्फबाट चीनका लागि नेपालका पूर्व राजदुत डा. महेश मास्केले नेपाल चीन सम्बन्धका विविध आयाम, डा. पिताम्बर शर्माले वर्तमान स्थितिमा बिआरआईको अवसर र हिमालय क्षेत्रको साझा भविश्यका विषयमा प्रकाश पारेका थिए । प्रोफेसर डा. युवराज संग्रौलाले नेपाल, चीन सम्बन्धका सन्दर्भलाई जोड्दै अफगानिस्तानको वर्तमान स्थिति र नेपाल सहित दक्षिण एशियामामा यसको प्रभावका विषयमा धारणा राखेका थिए ।

यस्तै चीनका तर्फबाट नेपालका लागि पुर्व राजदुत छिउ कोहोङले नयाँ परिस्थितिमा नेपाल चीन सम्बन्धलाई अझ फराकिलो बनाउने विषयमा आफ्नो दृष्टिकोण राखेका थिए । चिनियाँ वक्ता डा. हुवाङ चङतोले कोभिड महामारीका सन्दर्भमा नेपाल चीनको साझा भविष्य एवं नेपालको विकास र चुनौतिका विषयमा धारणा राखेका थिए । चाहर इन्टिच्युटका तर्फबाट अर्का वक्ता प्रो छङ सीचोङले नेपाल र चीनबीचको सम्बन्धमा प्रभाव पार्न सक्ने बाह्य तत्वहरु र त्यसबाट सावधान रहनुपर्ने पक्षबारे चर्चा गर्नु भएको थियो । 

सय भन्दा बढी सहभागी रहेको वेबिनारमा नेपाल तर्फबाट सहभागिहरुले चीनले नेपालसँग सिमा जोडिएका जिल्लामा गर्ने सहयोग, बिआरआई मार्फत हुने कार्यक्रमहरु र चीनको नेपाल लगायतका दक्षिण एशियाली देशहरुप्रतिको दृष्टिकोणबारे जिज्ञासा राखेका थिए । 

समुन्नती फाउडेसनका महासचिव मा. हरिराज अधिकारीले स्वागत गर्नु भएको उक्त वेबिनारमा फाउन्डेसनका अध्यक्ष मा. रेखा शर्माले नेपाल–चीन सम्बन्ध र आगामी दिनमा गर्न सकिने सहकार्यका क्षेत्रबारे चर्चा गरे । अध्यक्ष शर्माले नेपाल चीनबीचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै चीनले कोरोना विरुद्धको खोप प्रदानका गरेकोमा आभार व्यक्त गरे । उनले चीनले नेपालको आर्थिक एवं सामाजिक विकासका क्षेत्रमा सहयोग विस्तार गर्ने विश्वास व्यक्त गरेका थिए । वेबिनारका सहभागिहरुले नेपाल र चीनबीच रहेको पुरानो एवं सुमधुर सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नु पर्नेमा जोड दिएका थिए । 

अफगानिस्तान मामलामा बाेल्न बाधा गर्ने सार्क बडापत्र

दक्षिण एसियाली क्षेत्रीय संगठन (सार्क)को कान्छो सदस्य मुलुक हो, अफगानिस्तान । जसले भारतको प्रस्तावमा सार्कम...

छिमेकको राजनीतिलाई भारतले नजिकबाट नियाल्छ तर हस्तक्षेप कहिल्यै गर्दैन : चौथाइवाले

काठमाडौँ - छिमेकी भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी)ले नेपालको आन्तरिक मामिलालाई नज...

सार्कका सरकार प्रमुखको बैठक राख्‍न प्रधानमन्त्रीसँग शान्ति समाजको माग

इकागज | भदौ ७, २०७८

काठमाडौँ -  मानवअधिकार तथा शान्ति समाजका प्रतिनिधिहरूले मानव अधिकार, शान्ति एवम् समसामयिक विषयमा...