कूटनीति

बीजेपीका चौथाइवालेले प्रधानमन्त्री देउवालाई भेटे

इकागज | भदौ ६, २०७८

काठमाडौँ– छिमेकी भारतको सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) को विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । 

चौथाइवालाले ट्वीटमा आफूले प्रधानमन्त्री देउवालाई बधाई दिनुका साथै जनै पूर्णिमा तथा रक्षाबन्धनको अवसरमा शुभकामना आदानप्रदान गरेको उल्लेख गरेका छन् । 
चौथाइवाले यसअघि मंसीर अन्तिम साता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाटका लागि नेपाल आएका थिए ।

चौथाइवालेको भ्रमणपछि प्रतिनिधि सभा विघटन तथा तीव्र राजनीतिक उथलपुथल देखिएको थियो । जसका कारण ओलीलाई भारतले सघाएको भन्दै तत्कालीन समयमा प्रतिपक्षमा रहेका दलहरूले आलोचना गरेका थिए भने जनता समाजवादी पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराई र चौथाइवालेबीच ट्वीट युद्ध नै चलेको थियो । 

पश्‍चिमा मुलुकले भने : अफगानिस्तानबारे सार्क राष्ट्रको धारणा सार्वजनिक चाँडै हुनुपर्छ

इकागज | भदौ ३, २०७८

काठमाडौँ - अफगानिस्तानमा भएको परिवर्तनसँगै तालिबान नेतृत्वले यसअघिको सबै खाले उपलब्धि र व्यवस्ठा नै ध्वस्...

अफगानिस्तानमा तालिबानलाई विश्‍वास गर्दा अमेरिका चुक्यो

सन्  नब्बेको दशकमा अमेरिकाको कोर्नेल युनिर्भसिटीमा राजनीतिशास्त्रको अध्ययन सकेपछि हरि शर्मा राजनीतिश...