कूटनीति

एकसय ७१ देशमा  नेपालको बाह्य सम्बन्ध विस्तार

इकागज | असार १६, २०७८

काठमाडौँ : नेपाल र पश्चिम अफ्रिकी देश सिएरा लिओनबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालको बाह्य सम्बन्ध १७१ राष्ट्रमा विस्तार भएको छ । दौंत्य सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त सहमतिपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त विश्व संस्थाका निम्ति सिएरा लिओनका स्थायी प्रतिनिधि अलि काब्बाले न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा आज भएको सक्षिप्त कार्यक्रममा हस्ताक्षर गरे ।

नेपाल र सिएरा लिओनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेशलाई अवगत गराउने संयुक्त जानकारीपत्रमा पनि दुवै देशका राजदूतले हस्ताक्षर गरेको उक्त नियोगले जनाएको छ । रासस
 

आतंकवादविरूद्ध लड्न विश्‍वव्यापी समन्वय र सहकार्यको आवश्यकता छ : कतार

इकागज | असार १५, २०७८

काठमाडौँ : आतंकवादविरूद्धको सहकार्यमा कतार सधै प्रतिवद्ध रहेको जनाएको छ । आतंककारी गतिविधिका कार...

कोभिडको त्रासले अमेरिकी दूतावासले जरुरी बाहेकका भिसा नदिएपछि विद्यार्थीहरू भौतारिँदै

इकागज | असार १५, २०७८

काठमाडौँ : कोभिड-१९ को त्रासले नेपालस्थित अमेरिकी दूतावासले अत्यन्त जरुरी बाहेकका भिसासम्बन्धी कार्...

क्षेत्रीय/उपक्षेत्रीय संगठनको औचित्य सकिएको भए विघटन गरौँ : सार्क अध्यक्ष प्रधानमन्त्री ओली

इकागज | असार ११, २०७८

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले क्षेत्रीय तथा उपक्षेत्रीय संगठनहरूको औचित्य सकिएको भए ...

राष्ट्रपतिको छवि सुधार्न मुलुकको कूटनीतिक शैली बिगार्न पाइँदैन

लक्की शेर्पा २०६४ सालमा एमालेबाट समानुपातिक सभासद् बन्नुअघि उनको छवि गैरसरकारी संस्थामा कार्यरत एक होना...