६ वर्षअघिको ‘गोरखा भुकम्प' सम्झँदै अमेरिकी
काठमाडौँ : आजकै दिन हो नेपालमा विनाशकारी महाभुकम्प गएको । यही दिनलाई नेपालस्थित अमेरिकी दूतावासले स्मरण गरेको छ । ६ वर्ष अघिको विनाशकारी महा-भुकम्पको स्मरण गर्दै महाभुकम्पले विनाशसँगै आशा र प्रेरणाको सञ्चार पनि गरेको उल्लेख छ । त्यतीबेला अमेरिकाले तत्काल उद्दारको लागि नेपाललाई निकै ठूलो सहयोग गरको थियो ।
उनीहरूले त्यसबेलाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै त्यसबारेमा स्मरण गरेका हुन् । अमेरिकी राजदूत र्याण्डी बेरीले विनाशकारी महाभूकम्पको सम्झना गर्दा हामीसँग त्यतिबेला भएका क्षति र पीडाका कथाहरू मात्रै छैनन् भन्दै सफल कथालाई पनि राखेका छन् । त्यति बेलाका नाबालक (अहिले ६ वर्ष)को भएको र हँसिलो तस्बिर राख्दै उनले त्यतिबेला र अहिले पनि आशा प्रेरणाको संचार गर्ने दूतावासले जनाएको छ । ४ महिनाको उमेरमा आफ्नै घरमा पुरिएका उनलाई २२ घण्टापछि सकुशल उद्दार गरिएको त्यो दृष्य र अहिलेको अवस्था राखेका छन् ।
‘६ बर्षअघिको विनाशकारी महाभूकम्पलाई सम्झँदै गर्दा हामी नेपाली जनतासँगको सहकार्यमा भूकम्पमा क्षति भएका समुदाय, संस्था, र संरचनाको पूनर्निर्माणका साथै भविष्यमा आउनसक्ने यस्तै प्रकृतिका विपद्को तयारीका लागि निकै कामहरू गर्न सफल भैसकेको कुरा पनि स्मरण गराउन चाहन्छौं,’ दूतावासको फेसबुक पेजमा उल्लेख छ, ‘भूकम्पमा भएको जनधनको क्षतिलाई हामी कहिल्यै बिर्सिने छैनौं ।’
त्यही भुकम्पको समयमा उद्धारको लागि आएको एक अमेरिकी हेलिकप्टर दुर्घटनामा परेर मरिन फोर्सका जवानले ज्यान गुमाएको हृदय विदारक घटना पनि रहेको छ । त्यतीबेला अमेरिकी मरिस फोर्स नै नेपाल आएर उद्दारमा जुटेको थियो । ओस्प्रे हेलिकप्टरसमेत अमेरिकाले ल्याएको थियो । फोहोरा दरबारमा रहेको अमेरिकी क्लबमा अस्थायी रुपमा रहेर नेपाली सेनाको संयोजनामा अमेरिकीले सहयोग गरेको थियो । त्यस्तै भारतीयको उद्धार कार्यको तत्परता निकै उच्च थियो । चिनियाँ, जापानीजलगायतकाले पनि उद्धारमा निकै ठूलो सहयोग गरेका थिए ।
६ बर्षअघिको विनाशकारी महाभूकम्पको सम्झना गर्दा हामीसँग त्यतिबेला भएका क्षति र पीडाका कथाहरू मात्रै छैनन्, नेपाली...
Posted by U.S. Embassy, Nepal on Sunday, April 25, 2021