कूटनीति

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरे भारतीय समकक्षी एस जयशंकरसँग टेलिफोन वार्ता

इकागज | चैत २७, २०७७

काठमाडौँ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग टेलिफोन वार्ता गरेका छन् । दुई मन्त्रीबीच कोभिड-१९ को महामारी पुनः बढ्न थालेपछि त्यसविरुद्ध लड्ने तथा त्यसलाई परास्त गर्ने विषयमा निरन्तर सहकार्य आवश्यक भन्दै छलफल गरेका हुन् । भारतमा कोभिड-१९को संक्रमण बढ्न थालेपछि त्यसको प्रभाव नेपालमासमेत परिरहेको छ ।

त्यस अलवा भारतबाट विदेश काम गर्न जानेहरु सडक मार्ग हुँदै नेपालबाट जान थालेका समेत छन् । कोभिड विरुद्ध सहकार्य गर्ने विषयमा दुई मन्त्रीबीच सहमती नै भएको छ । कोभिड-१९ महामारीविरुद्धको लडाइँमा थप सहयोगको अभिवृद्धि आवश्यक रहेको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले खोप आवश्यक रहेको भन्दै त्यसमा छलफल गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड महामारीविरुद्धको नेपालको लडाइँमा १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएकामा भारत सरकारलाई धन्यवाद दिँदै खरिदको अर्को दशलाख डोज उपलब्धताको लागि आग्रह गरेको पनि बताइएको छ । उनले कोभिडको उच्च जोखिममा परेका नेपालीलाई दोस्रो मात्रा खोप लगाउन आवश्यक भइसकेकाले खरिदमा गर्ने भनिएको थप खोपको आपूर्तिका निम्ति भारत सरकारले सहजीकरण गर्न जयशंकरलाई उनले आग्रह गरेका हुन ।

यस जयशंकरले खोप आपूर्तिसहित महामारीबाट नेपाललाई बाहिर ल्याउन भारतको निरन्तर सहयोग रहने पनि बताएका थिए । उनीहरूबीच पछिल्लो राजनीतिक अवस्था र अन्तराष्ट्रिय मामिलाबारेमा पनि छलफल भएको थियो । 

ज्ञवालीसहित यसक्षेत्रका परराष्ट्रमन्त्रीले म्यानमारका शासकलाई दिए साथ

काठमाडौँ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को मन्त्रीस्तरीय...

बिम्स्टेक मन्त्रीस्तरीय बैठक : म्यानमार नरसंहारको विषय उठ्ला ?

इकागज | चैत १९, २०७७

काठमाडौँ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को मन्त्रीस्तरीय...

मानवअधिकार आयोगको नियुक्तिमा राष्ट्रसंघले उठायो प्रश्‍न

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगमा अध्यादेशमार्फत् र संवैधानिक प्रक्रिया छल्दै नियुक्त पदाधिकारीका सन्...