कूटनीति

पाकिस्तानी राजदूतावासको निशुल्क स्वास्थ्य शिविर

इकागज | चैत १४, २०७७

काठमाडौँ : नेपालस्थित पाकिस्तानी राजदूतावासले निशुल्क स्वास्थ्य शिविर चालाएको छ । शनिबार गोदावरी-१२ स्थित सेन्ट पावल्स स्कुलमा उक्त शिविर चलाइएको हो । 

नेपाल-पाकिस्तान फ्रेन्डसीप र कल्चरल एसोसियसनको संयुक्त सहकार्यमा उक्त शिविर चलाइएको हो । पाकिस्तानमा अध्ययन गरेर स्वदेश फर्किएका डाक्टरहरूले ५ सयभन्दा बढी स्थानीयलाई निशुल्क स्वास्थ्य जाँच गरेका थिए । यससँगै शिविरमा आउने स्थानीयलाई निशुल्क माक्स र स्यानिटाइजर वितरण गरिएको थियो । 

शिविरबारे जानकारी दिँदै नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले निशुल्क स्वास्थ्य शिविरले जनस्तरको सम्बन्ध विकासमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट पारे ।  
 

हरित आर्थिक पुनरुत्थान र समावेशी विकासका लागि जर्मनीको १.४ अर्ब अनुदान

इकागज | चैत १२, २०७७

काठमाडौँः जर्मनी सरकारले नेपाललाई १ करोड युरो अर्थात् एक अर्ब ४० करोड रुपैयाँ अनुदान सहयोग दिने भएको ...

राष्ट्रपति भण्डारीले बंगलादेश भ्रमणमा राष्ट्रिय ध्वजावाहक प्रयोग गर्ने

इकागज | चैत ८, २०७७

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्या...