कूटनीति

राष्ट्रपति भण्डारी र अमेरिकी राजदूत बेरीबीच शिष्टाचार भेटवार्ता

इकागज | माघ १३, २०७७

काठमाडौँ :  अमेरिकी राजदूत र्‍याण्डी बेरीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटगर्दै आफ्नो मुलुकको पछिल्लो प्राथमिकता सुनाएका छन् । जो बाइडनले अमेरिकी राष्ट्रपतिको सपथ लिएको भोलिपल्टैबाट अमेरिकी प्राथमिकता सुनाउन राजदूत बेरी काठमाडौँमा सक्रिय बनेका हुन् ।  

उनले नयाँ राष्ट्रपति आएपछिको प्राथमिकता कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनाएर भेटघाटको थालनी गरेका थिए ।  उनले क्रमैसँग सबै शीर्ष नेताहरूलाई भेट्ने र पछिल्लो प्राथमिकता सुनाउने बताएका थिए ।  

डोनाल्ड ट्रम्पका कारण अप्ठ्यारोमा परेको बाह्य विश्‍वसँगको सम्बन्धमा पुनः सक्रिय हातोमालो गर्ने  अमेरिकी नीति अनुरूप उनले भेटघाट थालेका हुन् । 
बेरीले सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका थिए । ट्रम्प प्रशासनका समयमा आफ्‍ना धारणा राख्‍नसमेत समस्यामा परेका अमेरिकी प्रशासकहरू यतिबेला आफ्नो नयाँ नेतृत्वको धारणा व्यक्त  गरेका छन् । अमेरिकीहरू लोकतन्त्रमा विश्‍वास राख्‍ने मुलुकसँग सहकार्य गर्ने धारणासहित आफ्नो ‘ग्यांगिङ’ अनुरुप नै यो भेटवार्ता भएको हो । 

पछिल्लो समयमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० मा केही बुझाइ कम हुँदा त्यसमा भएका तिता कुराहरूलाई पनि माझ्‍ने काम नेतृत्वले गरेका छन् । अमेरिकाले नेपाललाई उपलब्ध गराउन लागेको सबैभन्दा ठूलो दुई पक्षीय सहयोगलाई नेपाल सरकारले खासगरी सत्तारुढ दलभित्रको विवादले असहज अवस्थामा पारेको थियो । त्यो सहयोगसम्बन्धी विषय अझै थाती रहेको छ ।

संकटमा गैरआवासीय नेपालीको भूमिका प्रशंसायोग्य छः  मन्त्री ज्ञवाली

इकागज | माघ १०, २०७७

काठमाडौँः गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन आजबाट सुरु भएको छ । भर्चुअल माध्यमबाट आइतबारसम्म चल्...

बाइडनको प्राथमिकता सबै मित्र मुलुकलाई सुनाउँदै

काठमाडौँ : अमेरिकाले डोनाल्ड ट्रम्पका कारण अप्ठ्यारोमा परेको बाह्य विश्वसँगको सम्बन्धमा फेरि सक्रिय हातोमाल...

रौतहटमा तालिम केन्द्र र आकस्मिक प्रयोजनको आवास निर्माणमा जापानी सहयोग

इकागज | माघ ९, २०७७

काठमाडौँः जापान सरकारले रौतहटमा तालिम केन्द्र र आकस्मिक प्रयोजनको आवास निर्माणका लागि ९ करोड १५ लाख रु...

मानवअधिकार उल्लंघनका गम्भीर घटनाहरूमा आममाफी हुँदैन : परराष्ट्रमन्त्री

इकागज | माघ ९, २०७७

काठमाडौँ : सरकारले द्वन्द्वको समय (२०५२-०६२)मा भएका मानवअधिकार उल्लंघनका गम्भिर प्रकृतिका विषयहरूमा आमम...

निवर्तमान अमेरिकी विदेश मन्त्री पोम्पियो सहित २८ अमेरिकी अधिकारीमाथि चिनियाँ प्रतिबन्‍ध

इकागज | माघ ८, २०७७

काठमाडौँ : चीनले अमेरिकाका निवर्तमान विदेश मन्त्री माइक पोम्पियो र अन्य २७ उच्च अधिकारीहरू माथि प्र...

अमेरिकाको ४६ औँ राष्ट्रपति शपथः जो बाइडन राष्ट्रपति र कमला ह्यारिस उपराष्ट्रपति

इकागज | माघ ८, २०७७

काठमाडौँ : अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा ७८ वर्षीय जो बाइडन ह्वाइट हाउस प्रवेश गरेका छन् । उनले अम...

‘डनतन्त्र’मा बाइडनको शपथले शासकहरूको अलोकतान्त्रिक पथमा रातो बत्ती !

‘एक दिन म अमेरिकाको राष्ट्रपति बन्‍नेछु,’ जो बाइडनले ५५ वर्षअघि यसो भनेका थिए । अर्धशत...