एजुकेसन एन्ड माइग्रेसन कर्नरले शैक्षिक मेला गर्ने
काठमाडौँ - लामो समयदेखि शिक्षा क्षेत्रमा आबद्द ऐजुकेसन एन्ड माइग्रेसन कर्नरले बृहत शैक्षिक मेला २०२२ को आयोजना गर्ने भएको छ । मेला अगस्ट २९ तारेखका दिन सोमबार काठमाण्डौं पुतली सडकस्थित शंकरदेव कलेजसँगै रहेको कर्नरको केन्द्रीय कार्यालयमा हुने जानकारी दिइएको छ ।
मेला बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आयोजना हुने भएको छ । ‘ हामीले यो मेलामा विदेशमा गएर उच्चशिक्षा हासिल गर्न चाहने बिध्यार्थीहरूको सहजता र जानकारीका लागि आयोजना गरेका हौं,' संस्थाका नितेश उप्रेतीले जानकारी गराए । मेलामा सहभागी हुन आउनु भएका विध्यार्थीहरूले मेलाबाट अष्ट्रेलिया, क्यानडा , अमेरिका र बेलायतमा गएर विभिन्न विषयमा अध्ययन गर्नका लागि चाहिने भरपुर ज्ञान र जानकारी पाउन सक्ने कुरा संस्थाका प्रमुख सुनिल उप्रेतीले दिए ।
मेलामा यस सस्थाकी ब्राण्ड ऐम्बेस्डर एव नेपाली सिनेमाकी चर्चित नायिका उपासना सिंह ठकुरीको पनि सहभागिता रहने छ । यसैबीच उपासनाले पनि मेलामा जमघट भएर शिक्षा र चलचित्र क्षेत्रको बारेमा बिध्यार्थीहरूसँग भलाकुसारी गर्ने भएकी छन् । मेला आयोजना भएकै दिन उपस्थित भएर सहभागिता जनाउंने विध्यार्थीहरूलाई सस्थाले आईएलएस र पिटीइ अध्यनका लागि पचास प्रतिशत छुट दिने निर्णय पनि गरेको छ ।
शैक्षिक मेलाका दिन विभिन्न देशहरूमा रहेका कलेज तथा विश्व विध्यालयबाट विध्यार्थीहरूले पाउने छात्रवृत्ति बारेमा पनि सस्थाले परामर्श दिने भएको छ । मेलामा विध्यार्थीहरूका लागि विभिन्न आकर्षक उपहारको व्यवस्था पनि गरिएको छ ।