शिक्षा

छायाँनाथ रारा नगरपालिकाले आइतबार विद्यालय बन्द नगर्ने

इकागज | जेठ १८, २०७९

मुगु - नेपाल सरकारले १ जेठ बाट सातामा शनिबार र आइतबार दुई दिन बिदा गर्ने निर्णय गरेता पनि छायाँनाथ रारा नगरपालिकाले त्यो निर्णय लागू नगर्ने भएको छ । 
मंगलबार छायानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

छायाँनाथ रारा नगरपालिका नगर शिक्षा समितिको निर्णयअनुसार आइतबार विद्यालय बन्द गर्नु पर्दा हिमाली जिल्ला मुगुमा शिक्षा क्षेत्रमा असर पर्ने हुँदा नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयलाई आईतबार बन्द नगर्ने निर्णय भएको नगर प्रमुख बिष्णु कुमार भामले बताए । 

नगर प्रमुख भामका अनुसार शनिबारबाहेक अन्य दिन निरन्तर विद्यालय सञ्चालन गरिनेछ । 'सातामा दिइने दुई दिन बिदाले मुगुमा शिक्षा क्षेत्र खस्कने अवस्था देखिएको हुँदा नगर शिक्षा समितिद्वारा हामीले आईतबार विद्यालय बन्द नगर्ने निर्णय गरेका हौं ', नगर प्रमुख भामले भने ।

शैक्षिकसत्र सुरु हुनु अगाडि विद्यार्थीको स्वास्थ्य परीक्षण

इकागज | जेठ १५, २०७९

काठमाडौँ - सरकारले शैक्षिकसत्र सुरु हुनुभन्दा अगाडि सबै विद्यार्थीको निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गर्ने...

प्राविधिक तथा व्यवसायिक शिक्षा तालिमका लागि ८ अर्ब ३० करोड बजेट विनियोजन

इकागज | जेठ १५, २०७९

काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले प्राविधिक तथा व्यवसायिक शिक्षा तालिमका लागि ८ अर्ब ३० करोड बजे...

पाठ्यपुस्तक उपलब्ध नभएको गुनासो आएपछि शिक्षामन्त्रीले गरे जनक शिक्षा सामग्रीको अनुगमन

इकागज | जेठ १५, २०७९

काठमाडौँ - समयमा नै पाठ्यपुस्तक उपलब्ध नभएको गुनासो आएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडे...