शिक्षा

खुला चौरमा पढ्दै जुम्लाका विद्यार्थी

इकागज | चैत १०, २०७८

जुम्ला- जुम्लाको कनकासुन्दरी गाउँपालिका-३ गौरीगाउँमा रहेको नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पढ्न बाध्य छन् । विद्यालयमा कक्षा कोठा नहुँदा विद्यार्थी उनीहरू चौरमै बसेर पढ्न बाध्य भएका हुन् । उनीहरू हिउँदको कठ्याग्रिँदो जाडोमा समेत चौरमै बसेर पढिरहेका हुन्थे ।

विद्यालयमा दुई कोठे तीन वटा भवन छन् ।  भएका भवनसमेत निकै जीर्ण र बस्न लायक छैनन् ।  विद्यार्थीहरूलाई बस्नको लागि कक्षा कोठा नभएर शैक्षिक सामाग्रीको प्रयोग गरेर शिक्षण गर्न कठिनाइ भएको प्राधानाध्यापक हरीबहादुर बुढा बताउँछन ।

उनका अनुसार विद्यार्थीको गुणस्तर र सिकाई उपलब्धिमा प्रत्यक्ष असर परेको छ । विद्यालयमा तीन देखि १२ वर्ष सम्मका विद्यार्थी आउने गरेका छन् । कक्षा ५ मा अध्ययनरत निराजन बुढाले भने, ‘बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खुला चौरमा बस्छौँ ।'  

४० घरपरिवारका विद्यार्थीले यहाँ अध्ययन गर्छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बुढाले विद्यालयको अवस्था हेरेर कतिपय अभिभावकले विद्यार्थीलाई निजी विद्यालयमा पढ्न पठाउने गरेको बताए । उनले अधिकांश अभिभावकको चासो निजी विद्यालय तिर गएकोले सरकारी विद्यालयको अवस्था निकै जीर्ण हुँदै गएको बताए ।

 

पैसा लाने भवन नबनाउने विद्यालयलाई तुरुन्त रकम फिर्ता गर्न निर्देशन

इकागज | चैत १०, २०७८

खोटाङ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बजेट लिएर वर्षाैंसम्म भवन निर्माण नगर्ने विद्यालयलाई तु...

शिक्षामा एकैपटक तीन क्षेत्रको सुधारः शिक्षामन्त्री पौडेल

इकागज | चैत १०, २०७८

बागलुङ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा तीन क्षेत्रको सुधार एकैपटकमा गर्न थाल...

महाधिवेशन अघि नै प्याब्सन अध्यक्ष निर्विरोध, अरू आजबाट चयन हुँदै

इकागज | चैत ९, २०७८

काठमाडौँ- निजी क्षेत्रबाट सञ्चालित विद्यालयको संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मा मह...