शिक्षा

अदुवाको मूल्य नपाएपछि चिन्तित दुलबहादुर

इकागज | चैत ८, २०७८

तनहुँ - जिल्लाको घिरिङ गाउँपालिका–२ चिन्नेखोला निवासी दुलबहादुर थापा शारीरिकरुपले कमजोर छन्् ।  जन्मिएपछि करिब पाँच÷६ वर्षको उमेरदेखि उनका हात खुट्टा राम्रोसँग चल्न सक्दैनन् । 

शारीरिक अपाङ्गता भए पनि सपाङ्गभन्दा कमी हुनुहुँदैन भन्ने आत्मबलका साथ गत वर्षदेखि अदुवाखेतीमा थापा क्रियाशील छन् । 

गण्डकी प्रदेशको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिको लागि अधिकार विकासको लागि स्रोत केन्द्र (रिसेड) मार्फत पाँच हजार अनुदान पाएपछि थापाले अदुवाखेती गरेका हुन् । 

करिब चार रोपनी क्षेत्रफलमा अदुवा लगाउँदा झण्डै ४०० क्विन्टल अदुवा उत्पादन भएको किसान थापा बताउँछन् । 

वैशाखमा करिब ३०० किलोग्राम बीउ अदुवा लगाएर पुसमा खन्दा उक्त परिमाणमा अदुवा उत्पादन भएको उनले बताए । 

दुई महिना अदुवा खन्नैमा बितेको उनको भनाइ छ । “तर अदुवा अत्यन्तै न्यून मूल्यमा बिक्री गर्नुपर्ने अवस्था आएपछि चिन्ता थपिएको छ ।” अदुवा उत्पादन भएअनुरुप बजार मूल्य भैदिएको भए राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । 

अदुवा प्रतिकिलो तीसमा बिक्री गर्नुपर्ने बाध्यता आएपछि त्यस क्षेत्रका करिब १५ घरका अदुवा किसान मर्कामा परेका छन् ।

सस्तो मूल्यमा बिक्री गर्नुपर्ने अवस्था आएपछि त्यस क्षेत्रका किसान यतिबेला सुठो बनाउन व्यस्त छन् । 

थापाले उक्त गाउँमा अदुवाखेती गर्न थालेपछि सो क्षेत्रका अन्य मानिस पनि सो खेतीतर्फ आकर्षित भएका थिए ।

 त्यस क्षेत्रका करिब १५ घरधुरी कम्तीमा ३०० देखि ९०० किलोग्रामसम्म अदुवा उत्पादन गर्दै आएका छन् । 

सुठो बनाइएपछि लामो समयसम्म नबिग्रने र मूल्य राम्रै पाउने भएपछि उनीहरु अदुवा बिक्री गर्नुको साटो सुठो बनाउन व्यस्त हुन्छन् । 

सोही वडा निवासी नन्दवीर थापाले करिब दुई रोपनीमा अदुवा लगाउँदा झण्डै ९०० किलोग्राम अदुवा उत्पादन भए पनि बिक्री गर्न नसक्दा चिन्तित भएको दुखेसो पोखे । 

सुठो बनाउने आफ्नै तरिका छ । तलबाट काँचो दाउरा सल्काएर धुँवाको ताप दिएर अदुवालाई सुकाइन्छ । कम्तीमा एक हप्तासम्म निरन्तर अदुवालाई फर्काइफर्काइ  सुकाइन्छ । यसरी सुकाइएको अदुवा हातले मुठी पार्दा डल्लो भयो भने सुठोको लागि लायक हुने किसान बताउँछन् । 

यसरी बनाइएको सुठोको मूल्य प्रतिकिलो ३०० सम्म पर्छ । एक वर्ष अदुवा लगाएको क्षेत्रमा अर्को वर्ष पनि अदुवा लगाउन नहुने अर्का किसान लालसिं राना बताउँछन् । 

एउटै जग्गामा लगातार अदुवाखेती गरिए किराको प्रकोप बढ्ने र उत्पादन नराम्रो हुने भएकाले एक वर्षको फरकमा अदुवाखेती गर्दा उत्तम हुने उनी बताउँछन् । रासस

सम्बन्धनप्राप्त क्याम्पसको सबलीकरणमा शिक्षामन्त्रीको जोड

इकागज | चैत ६, २०७८

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पसको सबली...

स्थायी शिक्षकको परीक्षा दिन जाँदा परिचयपत्र पनि देखाउनुपर्ने

इकागज | चैत ४, २०७८

काठमाडौं - स्थायी शिक्षकको परीक्षाका लागि परीक्षार्थीले अब प्रवेशपत्रसँगै परिचयपत्र पनि देखाउनुपर्ने भएको ...

शिक्षक अध्यापन अनुमतिपत्रको परीक्षामा अब वस्तुगत प्रश्न मात्र सोधिने (पाठ्यक्रमसहित)

इकागज | चैत २, २०७८

काठमाडौं - शिक्षक सेवा आयोगले निम्‍न माध्यमिक र माध्यामिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको ...