शिक्षा

प्रदेश विश्वविद्यालय नसार्न मुख्यमन्त्रीको ध्यानाकर्षण

इकागज | चैत १, २०७८

नेपालगञ्ज : बाँकेको खजुरामा स्थापना हुन लागेको प्रदेश विश्वविद्यालय अन्यत्र नसार्न भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको ध्यानाकर्षण गरिएको छ । 

प्रदेशसभा सदस्य आरती पौडेलको नेतृत्वमा मुख्यमन्त्री केसीलाई ज्ञापनपत्र बुझाउन बाँकेबाट बुटवल गएको टोलीले उनलाई ज्ञापनपत्र बुझाएको हो । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, शिक्षा क्षेत्रका विज्ञ कवीन्द्र भट्टराई, लेख प्याकुरेलसहितको टोलीले मुख्यमन्त्री केसीलाई ज्ञापनपत्र बुझाएको हो । प्रदेश योजना आयोग र मुख्यमन्त्रीको कार्यालयले विश्वविद्यालय दाङ र कपिलवस्तुमा सार्ने गरी जग्गा खोज्न थालेपछि विश्वविद्यालयको विषयमा विवाद भएको हो ।  

प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले अघिल्लो साता पत्रकार सम्मेलन गरेर प्रदेश विश्वविश्वविद्यालय खजुरामा राख्न अनुपयुक्त रहेको भन्दै दाङको बङ्गलाचुली वा संस्कृत विश्वविद्यालयको जग्गा र कपिलवस्तुको बहादुरगन्जमा जग्गाको खोजी भइरहेको बताएका थिए । विश्वविद्यालयका लागि १०० बिघा जग्गा सिफारिससहित जग्गा छुट्याउने कामसमेत सम्पन्न गरेको खजुरा गाउँपालिकाले पालिकास्तरीय सर्वदलीय बैठक गर्दै योजना आयोगको तयारीप्रति आपत्ति जनाएको छ । 

गाउँपालिकाका अध्यक्ष कक्षपतिले विश्वविद्यालय खजुराबाट अन्यत्र लैजान नहुनेमा जोड दिनुभयो । लुम्बिनी प्रदेश सरकारले प्रदेश विश्वविद्यालय स्थापनाका लागि प्रदेशको नीति तथा कार्यक्रम र बजेटमा आव २०७६÷७७ मा रु तीन करोड, आव २०७७/७८ मा रु सात करोड र चालु आर्थिक वर्षमा रु १० करोड विनियोजन गरेको छ । विश्वविद्यालय ऐन नबनेकाले पहिलो र दोस्रो बजेट खर्च हुनसकेको थिएन । यो योजनाका लागि बाँके जिससले पनि रु दुई करोड बजेट विनियोजन गरेको समन्वय समिति प्रमुख श्रीवास्तवले बताए । रासस 

टिकटक: चीनमा बन्यो, चीनमै चलाउन पाइँदैन, भारतदेखि इरानसम्म प्रतिबन्ध

इकागज | चैत १, २०७८

काठमाडौँ - चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटक पछिल्लो समय विश्वमा धेरै हेरिने एपमध्ये एक...

चरित्र हत्या हुने वक्तव्य दिएको आरोपमा दुई युट्युबर पक्राउ

इकागज | फागुन २५, २०७८

काठमाडौँ - नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबमा भ्रामक समाचार सम्प्रेषण गर्ने दुई युट्युबरलाई पक्राउ गर...

रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सहभागी छात्रलाई वर्ष चर्चित विद्यार्थीको उपाधि

इकागज | फागुन २४, २०७८

खोटाङ – कोभिड–१९ को महामारीका बेला रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सहभागी बनेर चर्चा कमाएका ख...