शिक्षा

भवन अभावले दुई चरणमा अध्यापन

इकागज | फागुन १०, २०७८

कञ्चनपुर - ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा दिइरहेको कञ्चनपुरको बैजनाथ माध्यमिक विद्यालय अब्बल सावित हुँदै गएको छ । विसं २०३३ मा स्थापना भएको कञ्चनपुरको बेदकोट नगरपालिका–२ जडेपानीमा रहेको सो विद्यालयमा एक हजार ४८३ विद्यार्थी अध्ययनरत छन् । तर कक्षा कोठाको अभावले विद्यालयले दुई चरणमा अध्यापन प्रबन्ध मिलाउँदै आएको छ ।

“ विद्यार्थीको चाप धेरै हुँदा दिनमा दुई सिफ्टमा कक्षा सञ्चालन गरिरहेका छौं ।” विद्यालयका  प्राधानाध्यापपक धीरेन्द्रचन्द्र भट्टले भने,“माविमा दरबन्दी न्यून हुँदा निजीस्रोतबाट शिक्षक राखेर अध्यापन अघि बढाउनु परेको छ । ”उनले सो क्षेत्रमा निजी विद्यालय रहेपनि सामुदायिक विद्यालयको गुणस्तिरीय शिक्षामा अब्बल भएकै कारण विद्यार्थीको चाप रहेको बताए ।

“सामुदायिक विद्यालयमा विद्यार्थी चाप खस्कदो अवस्थामा रहेका बेला हाम्रोमा भने नगरपालिका, समुदाय, यहाँका सबै क्षेत्रको सहयोगले विद्यार्थी दिनप्रदिन बढिरहेका छन् ।” उनले भने,“गतविगतबाट बेदकोट नगरपालिकाबाट पनि शिक्षकको तलब÷भत्ताका लागि अनुदान रकम प्राप्त भइरहेको छ ।”

प्रअ भट्टका अनुसार विद्यालयमा बिहान ७ देखि १ बजेसम्म ९ देखि १२ कक्षासम्म पहिलो चरण र बिहान ११ बजेदेखि साढे ४ बजेसम्म १ देखि ८ कक्षासम्मको दोस्रो चरणमा अध्यापन हुन्छ ।

“एउटै कक्षालाई तीन भागमा विभाजन गरेर अध्यापन गराउनुपर्ने अवस्था पनि छ ।” उनले भने,“ विद्यालयको शैक्षिकस्तर राम्रो हुनुमा यहाँका शिक्षक,शिक्षिकाका साथै अभिभावक र सहयोगी संस्थाको पनि भूमिका छ ।”सो विद्यालयमा नमूना विद्यालय विकास कार्यक्रम अन्तर्गत १२ कोठे भवन निमार्णका लागि गतवर्ष रु डेढकरोड रकम आएको थियो । भवनको जग निर्माण भए पनि कोभिड लगायतका कारणले निर्माण रोकिएको छ ।

मावि तहमा १२ शिक्षकको दरबन्दी आवश्यक रहेपनि स्थायी दरबन्दी ३ मात्रै रहेको विद्यालयले जनाएको छ ।“माविमा निजीस्रोतबाट पाँच जना शिक्षक अध्यापन गराइरहेका छन् ।” उनले भने,“प्राविमा ६ जना र प्रवीणताप्रमाणपत्र तहमा दुईजना दरबन्दी अनुसार कार्यरत छन् ।”बेदकोट नगरपालिका–२ का वडाध्यक्ष एवं नगर प्रवक्ता नरेशबहादुर सिंहले नगरपालिकाले कार्यक्रम नै बनाएर सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गरिरहेको बताए।

“हामीले नगरपालिकाबाट प्राविका निजीस्रोतका शिक्षकको तलब÷भत्ताका लागि प्रतिशिक्षक मासिक रु १६ हजार, निमावी तहकालाई १८ र माविलाई २० हजारका दरले रकम दिइरहेका छौं ।” उनले भने,“कतिपय अवस्थामा विद्यार्थीको अनुपात हेरेर पनि सहयोग नगरपालिकाबाट वितरण भइरहेको छ ।”

यी काम गर्दै हुनुहुन्छ ? बन्द गर्ला युट्यबले तपाईँको च्यानल

इकागज | फागुन १०, २०७८

काठमाडौँ- भिडियो प्लेटफर्म युट्युब विश्वमा सर्वाधिक हेरिने साइट मध्य एक हो । प्रयोगकर्ताले यसमा भिडियो रा...

‘विश्वविद्यालयमा तालाबन्दी गरेर समस्या समाधान हुँदैन’

इकागज | फागुन ९, २०७८

ललितपुर - त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले सो मातहतका क्याम्पसमा तालाबन्दी गरेर समस्...

‘नाष्टले विश्वविद्यालयसँग सहकार्य गरी थप अनुसन्धान बढाउनु पर्छ ’

इकागज | फागुन ८, २०७८

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्...