शिक्षा पत्रकार समूहको अध्यक्षमा मल्ल, सचिवमा विश्वकर्मा
काठमाडाैँ – शिक्षा पत्रकार समूहको अध्यक्षमा कृष्ण मल्ल निर्विरोध निर्वाचित भएका छन् ।
बिहीबार भएको शिक्षा पत्रकार समूहको ११औँ अधिवेशनबाट मल्ल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा निर्जला कक्षपति, उपाध्यक्षमा जनक नेपाल, महासचिवमा रोशन क्षेत्री गाउँले, सचिवमा विष्णु विवेक विश्वकर्मा र कोषाध्यक्ष ममता थापा पनि निर्विरोध चयन भएका छन् ।
यस्तै, सदस्यहरूमा हरि थापा, नवराज चालिसे, सविना बानियाँ, राजकुमार बराल, राधा खनाल, दीपेन्द्रप्रसाद सिंह र अनिता श्रेष्ठ चयन भएका छन् ।