फ्याक्टस नेपालले गरेको सर्वेक्षण अनुसार पोखरा महानगरपालिका एमाले उम्मेद्वारले जित्ने
काठमाडौँ – स्थानीय तह निर्वाचन २०७९ को अधिकांश स्थानमा निर्वाचन सकिएर मत परिणाम आउन थालेको छ । सोही क्रममा अनुसन्धान संस्था फ्याक्टस नेपालले स्थानीय तह निर्वाचन २०७९ को विभिन्न २० प्रमुख नगरको एक्जिट पोल गरेको जानकारी दिएको छ । फ्याक्टसले सार्वजनिक गरेको पोखरा महानगरपालिकाको एक्जिट पोलमा गठबन्धनले जित्ने देखिएको छ ।