स्थानीय तह निर्वाचन २०७९

पैसा बाँड्दै गर्दा अध्यक्षका उम्मेदवार रंगेहात पक्राउ

इकागज | बैशाख २९, २०७९

सुर्खेत- गुर्भाकोट नगरपालिका ११ का एमाले उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ । गुर्भाकोट नगरपालिका वडा नम्वर ११ स्थित आँपसोतीबाट एमालेका वडा अध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पैसा बाँड्दै गरेको भन्ने स्थानीयबासीको सूचनापछि प्रहरी घटनास्थल पुगेको थियो । विसीलाई प्रहरीले रंगेहात नियन्त्रणमा लिएको छ । बुधबार मध्य राति गुर्भाकोट मतदाताहरुलाई पैसा बाँड्दै गरेको अवस्थामा उम्मेदवार विसीलाई प्रहरीले रंगेहात नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

डिएसपी रामप्रसाद घर्तीका अनुसार प्रहरीले विसीबाट नगद १ लाख १२ हजार रुपैयाँ पनि बरामद गरेको छ । ‘पैसा बाँड्न लागेको भन्ने स्थानीयका सूचना गरेपछि प्रहरी त्यहाँ गएको हो’ डिएसपी घर्तीले भने, ‘उम्मेदवार विसीलाई नियन्त्रणमा लिएका छौ भने उक्त घरमा बेवारिसे अवस्थामा एक लाख १२ हजार नगद पनि फेला परेको छ ।’ घटनाको विषयमा अनुसन्धान भइरहेको घर्तीले बताए ।

आर्थिक चलखेलकाे आराेप लागेका उम्मेदवार सुरक्षाका लागि प्रहरी नियन्त्रणमा

इकागज | बैशाख २९, २०७९

मङ्गलबारे- नेकपा एमाले सन्दकपुर गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा ...

'मतदाता नामावलीमा नाम भएका मतदाताले नागरिकता देखाएर मत हाल्न पाउँछन्'

इकागज | बैशाख २८, २०७९

काठमाडौँ - मतदाता परिचयपत्र नभएकाले स्थानीय तहको निर्वाचनमा मत खसाल्न पाउने भएका छन् । मतदाता नाम...