खिम्ती-ढल्केबरको दोस्रो सर्किट प्रसारण लाइन बन्यो, आजबाट परीक्षण सुरु
काठमाडौँ : खिम्ती-ढल्केबर २२० केभी आयोजनाको दोस्रो सर्किटको प्रसारणलाइनको निर्माण सम्पन्न भएको छ । दुई लाख २० हजार भोल्ट क्षमताको विद्युत् प्रवाह गरी आजबाट परीक्षण सुरु हुने भएको छ ।
दोलखाको किर्नेदेखि धनुषाको ढल्केबरसम्म रहेको सबस्टेशनसम्म दोस्रो सर्किटको प्रसारण लाइनबाट परीक्षण हुने आयोजनाले जानकारी दिएको छ । सफल परीक्षणपछि प्रसारण लाइन सञ्चालनमा ल्याउने उल्लेख छ ।
यी ठाउँमा रुट पर्नेछन् :
- धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवर, जमुनेवास, लालगढ, तुल्सी, बाहुनमारा लगायतका क्षेत्रमा
- महात्तरीको गौरीबास नगरपालिकास्थित कालापानी,
- सिन्धुलीको कमलामाई नगरपालिकास्थित भिमान, पाण्डेसी, बागमारा, सिस्नेरी, कर्कर, माईस्थान, बेल्टारी,
- बेलगाछी, फाल्चुली, फिटिङ बुका, ठुलीटार, माझिटार, बर्देउटार, अँध्यरी, च्यांकोट, चियाबारी, मुढेखर्क,
ढुङ्ग्रेभञ्जयाङ, गढी लगायतका क्षेत्र)
- सिन्धुलीकै गोलन्जोर गाउँपालिका (बाटो निगाले, विजयछाप, माथिल्ला बसी, खुर्कोट, मुलपानी
लगायतका क्षेत्र)
- रामेछापको मन्थली नगरपालिका (बेतिनी, कुभिण्डे, भलुवाजार, मच्छेडाँडी, मन्थली, टेकनपुर, खिम्तीबसी,
अम्बासेफाँट, गेलु लगायतका क्षेत्र)
- मेछापकै लिखु तामाकोसी गाउँपालिकास्थित कठजार, ढ्याङ्ग्रे, हलदे, तिल्पुङ
- दोलखाको किर्नेटार