सिइडिबी हाइड्रोपावर कम्पनीले २५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने

इकागज | बैशाख २, २०७८

काठमाडौँ  : धितोपत्र बजार उच्च विन्दुमा पुगिरहेका बेला पुनः अर्को एक जलविद्युत् कम्पनीले साधारण शेयर बिक्रीको अनुमति पाएको छ । बजारले ‘बुलिस ट्रेण्ड’ पछ्याइरहेका बेला नेपाल धितोपत्र बोर्डले सिइडिबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीलाई आज साधारण शेयर बिक्रीको अनुमति दिएको हो । नयाँ वर्षको अवसरमा साधारण शेयर बिक्रीको अनुमति पाउने सो कम्पनी पहिलो बनेको छ । 

कम्पनीले कूल २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर बिक्री गर्नेछ । प्रतिकित्ता रु १०० बराबरको रु २५ करोड १८ लाख २३ हजार बराबरको साधारण शेयर बिक्री गर्ने गरी बोर्डले अनुमति दिएको हो । 

कम्पनीको साधारण शेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । कम्पनीले ११ मेगावाट क्षमताको तल्लो खारे खोला, १२ मेगावाटको दोर्दी एक, पाँच मेगावाटको रुकुम गाड र ४५ मेगावाटको कसुवा खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । (रासस) 
 

भारतीय ऊर्जा बजारबाट विद्युत खरिद गर्न नेपाल विद्युत प्राधिकरणले पायो स्वीकृति

इकागज | बैशाख २, २०७८

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजारबाट विद्युत खरिद गरी आयात गर्न स्वीकृति पाएको छ ।...

लेखा समितिको प्रतिवेदन : विद्युत् प्राधिकरण नेतृत्वबाट गम्भीर लापर्वाही भयो

इकागज | चैत २३, २०७७

काठमाडौं : सार्वजनिक लेखा समितिको अध्ययनले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता सम्बन्धमा नेपाल विद्युत ...