विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यद्वारा पदबहाली

इकागज | फागुन २, २०७७

काठमाडौ : नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आज आइतबार पदबहाली गरेका छन् ।

शाक्यले केन्द्रीय कार्यालयमा प्राधिकरणको १७ औं कार्यकारी निर्देशकको रुपमा पदबहाली गरेका हुन् । 

गत २६ कात्तिक देखि कायम मुकायम (कामु) कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका शाक्यलाई मन्त्रिपरिषद्ले गत माघ २६ गते कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । 

पदबहालीपछि आयोजना गरिएको बधाई तथा शुभकामना कार्यक्रममा शाक्यले मुलुकभित्र खपत गरी बढी भएको विद्युत बिक्रीका लागि बजार खोज्ने काम आफ्नो मुख्य प्राथमिकता रहेको बताए । उनले उपभोक्तालाई गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रसारण र वितरण लाइनको सुदृढीकरण तथा विस्तार गरिने उल्लेख गरे ।

‘आगामी चार वर्षभित्रमा प्रतिव्यक्ति ऊर्जा खपत पाँच सय युनिट पुर्‍याउने, संस्थागत विकास योजनालाई अद्यावधिक गरी कार्यान्वयन गर्ने, निर्माणाधीन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरु सम्पन्न गर्ने र दूधकोसी, माथिल्लो अरुणजस्ता रुपान्तरणकारी आयोजनाको निर्माण अगाडि बढाइने छ’,उनले भने , ‘विद्युत चुहावट नियन्त्रण, विश्वसनीय विद्युत वितरण प्रणालीका लागि प्रणालीको सुदृणीकरण तथा विस्तारका कामहरु प्राथमिकताका साथ अगाडि बढ्ने छन् ।’

‘लेऊ या तिर’ (टेक अर पे) को सर्त राखी विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएका गरिएका जलविद्युत आयोजनाको वर्खाको विद्युत् बिक्री चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँले आन्तरिक रुपमा खपत बढाउने र बढी भएको विद्युत् बिक्रीका लागि छिमेकी मुलुकसँगको व्यापार आफ्नो उच्च प्राथमिकता रहेको बताए ।

‘आपूर्ति पर्याप्त छ, पुरानो संरचना बदल्न तथा नयाँ सुरु गर्न एकातर्फ स्रोतको अभाव छ भने अर्कोतर्फ स्थानीयको अवरोधले चुनौती थपिदिएको छ, यस्ता चुनौतीलाई समाना गर्दै सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत प्रणालीलाई अत्याधुनिक तथा स्वचालित बनाइने छ’,उनले भने ।

कार्यक्रममा अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले आन्तरिम रुपमा खपत गरेर बढी भएको विद्युत्को बिक्री व्यवस्थापन नै प्राधिकरणका लागि सबैभन्दा ठूलो चुनौती रहेको उल्लेख गरे । ‘विश्वसनीय विद्युत आपूर्ति, चुहावट नियन्त्रण, मुलुकलाई पूर्ण रुपमा विद्युतीकरण गर्नु पनि चुनौतीपूर्ण देखिएको छ’,उनले भने, ‘यस्ता चुनौतीको सामना गर्न कार्ययोजना साथ अगाडि बढ्नु पर्छ ।’

प्राधिकरणको आधिकारिक ट्रेड युनियका संयोजक रामेश्वर पौडेलले बढी भएको विद्युत बिक्री, चुहावट नियन्त्रण, संस्थागत पुनर्संरचना विगतमा हासिल भएका उपलब्धीको निरन्तरतालगायतका विषय नयाँ व्यवस्थापनको चुनौती रहेको बताए । उनले यस्ता चुनौतीको सामना गर्न व्यवस्थापनले चाल्ने कदममा सहयोग र साथ रहने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्रीले बिजुली निर्यात गर्ने उद्घोष गरिरहँदा आधा बिजुली भारतबाटै

विकास थापा | माघ २९, २०७७

काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले मुलुक अब बिजुली बेच्‍ने अवस्थामा पुगेको घोषणा गरिरहँदा देशले ख...

सप्तरीमा १३२ केभी सवस्टेशन बनाउन जग्गा प्राप्ति सुरु, कसको कति जग्गा पर्‍यो?

इकागज | माघ २३, २०७७

काठमाडौं : सरकारले सप्तरीको बोदेबर्साइन नगरपालिकामा १३२ केभी सवस्टेशन निर्माणको लागि जग्गा प्राप्तिको प्र...

बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कार्यअघि बढ्छ : ऊर्जामन्त्री रायमाझी

इकागज | माघ २०, २०७७

काठमाडौँ  : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले बूढीगण्डकी जलविद्युत् आयोजनाक...