सिंगटीको आइपीओ खुल्यो, सुरुवातमा आयोजना प्रभावितलाई

इकागज | माघ ४, २०७७

काठमाडौं : सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आयोजना प्रभावितहरूका लागि साधारण सेयर (आइपीओ) निष्कासन सुरु गरेको छ । पहिलो चरणको सेयरको बाँडफाँटपछि कम्पनीले सर्वसाधारणका लागि सेयर बिक्री गर्ने भएको हो ।

दोलखाको अति प्रभावित क्षेत्र बिगु र कालिञ्चोक गाउँपालिकाका बासिन्दाले आवेदन दिन पाउने छन् । उनीहरुका लागि कम्पनीले एक सय रुपैयाँ दरको १४ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो । सेयरका लागि माघ १८ गतेसम्म आवेदन दिन सकिन्छ ।

सेयरका लागि कम्तिमा १० कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने छ । कम्पनीले २५ मेगावाटको परियोजना विकास गरिरहेको छ । यसको प्रति मेगावाट लागत २२ करोड रुपैयाँ छ ।

कम्पनीको अध्यक्ष बटु लामिछाने हुन् । उनले अहिले अन्य परियोजनाको पनि प्रवर्द्धन गरिरहेका छन्। आयोजनामा कार्यकारी सञ्चालक गणेश कार्की छन् । डोल्मा लमिनी, नरेन्द्रबल्लभ पन्त, देवेस प्रसाइँ, सुदीपराज प्रसाइ र रजनी थापा सञ्चालक छन् ।

टनकपुरबाट थप १५ मेगावाट विद्युत् ल्याउने अनुमतिले प्रणाली सुधार हुने

इकागज | पुस २६, २०७७

काठमाडौं : टनकपुरबाट थप १५ मेगावाट बिजुली आउने भएपछि विद्युत् प्राधिकरणको प्रणालीमा केही सुधार हुने भ...

अप्रत्याशित माग बढेपछि भारतबाट थप सय मेगावाट आयात गर्ने तयारी

विकास थापा | पुस २४, २०७७

काठमाडौं : तराईमा अप्रत्याशित बिजुलीको माग बढेर नेपाल विद्युत् प्राधिकरणले भारतबाट थप सय मेगावाट बिजुल...