दुई इञ्जिनियरको मृत्यु भएको सोलुखोला जलविद्युत् घटनाकाे छानबिन समिति गठन

इकागज | पुस १३, २०७८

काठमाडौँ - सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा दुई इञ्जिनीयरको मृत्यु भएको घटनाबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले छानबिन समिति गठन गरेको छ । मन्त्रालयले दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन आज सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । 

यही पुस ११ गते आइतबार अपराह्न जडान गरिएको पेनस्टक पाइप परीक्षणका क्रममा भएको दुर्घटनामा इञ्जिनीयरद्वय अर्जुन थापा र सुवासराज रेग्मीको मृत्यु भएको थियो । मन्त्रालयले उहाँहरूको निधनमा गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जलि तथा मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । 

उक्त दुर्घटनमा परेका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ । मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले जारी गरेको विज्ञप्तिमा दुर्घटनाबारे सत्यतथ्य पत्ता लगाई भविष्यमा यस किसिमका दुर्घटना दोहोरिन नदिनका  लागि आवश्यक सुझावसहितको प्रतिवेदन पेश गर्न समिति गठान गरिएको उल्लेख  गरिएको छ । 

 

बिजुलीको अन्तर्राष्ट्रिय व्यापारमा नयाँ फड्को: विद्युत् व्यापार कम्पनीले पायो अनुमति

इकागज | पुस ९, २०७८

काठमाडौँ - सरकारले अन्तर्राष्ट्रिय रुपमा विद्युत् व्यापारका लागि पहिलो पटक नेपाल विद्युत् प्राधिकरणको सहायक...

भाडामा बस्नेलाई पनि विद्युत् मिटर उपलब्ध हुन्छ : ऊर्जामन्त्री भुसाल

इकागज | पुस ९, २०७८

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको आयात न्यूनीकरण र विद्युत खपत...

‘पेट्रोलियम पदार्थको आयात न्यूनीकरण नीति बनाएर कार्यान्वयन गर्छौै’

इकागज | पुस ९, २०७८

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको आयात न्यूनीकरण र विद्यु...

महशुल नतिरेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको लाइन काटियो

इकागज | पुस ८, २०७८

चितवन - आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको वि...

ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणलाई ‘हेजिङ’ नियमावली अस्वीकार्य

विकास थापा | पुस ६, २०७८

काठमाडौं : ऊर्जा मन्त्रालयले र नेपाल विद्युत् प्राधिकरणले अर्थ मन्त्रालयले मस्यौदा गरेको ‘हेजिङस...