फुटबल

चेल्सी च्याम्पियन्स लिगबाट बाहरियो

इकागज | बैशाख ६, २०८०

काठमाडौँ- इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । मंगलबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब रियल मड्रिडसँग २-० ले पराजित हुँदै चेल्सी च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

पहिलो खेलपनि २-० ले जितेको साविक विजेता मड्रिड समग्रमा ४-० को नतिजासहित सेमिफाइनलमा प्रवेश गरेको हो । मंगलबार रातिको खेलमा मड्रिडका लागि दुबै गोल रोड्रियगोले गरेका थिए ।

यता इटालियन क्लब एसी मिलानले इटालीकै नापोलीसँग १-१ को बराबरी खेल्दै समग्रमा २-१ को नतिजासहित अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो ।

लिभरपुलको पहिलो जीत

इकागज | बैशाख ५, २०८०

काठमाडौं - लिभरपुलले लिड्स युनाइटेडलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको छ। प्रिमियर लिगका ल...

एमबाप्पे बने पीएसजीका लागि लिग वानमा सर्वाधिक गोल गर्ने खेलाडी

इकागज | बैशाख ३, २०८०

काठमाडौँ- कायलियन एमबाप्पे फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि सर्वाधिक गोल गर्ने खेला...