सरकार

१५ दिनभित्र प्रहरी समायोजन प्रक्रिया टुङ्याउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

इकागज | माघ ३, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया चाँडै टुङ्गाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा अधिकारीसँगको छलफलमा उनले उक्त निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री दाहालले नेपाल प्रहरी (प्रदेश प्रहरी कार्यसञ्चालन र समन्वय) ऐन, २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि नबढेको भन्दै १५ दिनभित्र समायोजनको प्रक्रिया टुङ्गाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री दाहालले संघीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुङ्गिँदा प्रदेशलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिएका हुन् ।

“संघीयता कार्यान्वयन जुन गतिमा हुनुपर्ने हो, त्यसो हुनसकेको छैन । त्यसको प्रत्यक्ष प्रभाव प्रदेशलाई परिरहेको छ । यसले गर्दा प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम प्रभावित भएका छन्”, प्रधानमन्त्री दाहालले भने, “यसलाई नै बहाना बनाएर संघीयता विरोधीले संघीयता र प्रदेश सरकारमाथि हमला गरिरहेका छन् । त्यसैले ऐनअनुसार समायोजनको काम १५ दिनभित्र टुङ्गाउनुस् ।”

छलफलमा उपप्रधानमन्त्री श्रेष्ठ, संघीय मन्त्री, सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, गृह मन्त्रालयका अधिकारी उपस्थित थिए ।

पर्यटकको संख्या बढाउन सके छिट्टै मुलुकमा आर्थिक समृद्धि हुन्छ : राष्ट्रपति पौडेल

इकागज | माघ २, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले पर्यटकको संख्या बढाउन सके छिट्टै मुलुकमा आर्थिक समृद्धि हुने बताउँछ...

जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता विकासमा सहकार्य गरौँ : उपप्रधानमन्त्री श्रेष्ठ

इकागज | माघ २, २०८०

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता प्रवर्द्धन...

संविधान कार्यान्वयन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन राष्ट्रपतिको आग्रह

इकागज | माघ १, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयन नभएकाले जनतामा निराशा छाएको बताउ...

तेस्रो कार्यकालको दोस्रो वर्षमा नयाँ मानक स्थापित गर्नेछु : प्रधानमन्त्री

इकागज | माघ १, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो तेस्रो कार्यकालको पहिलो एक वर्षमा केह...

प्रचुर सम्भावनाको क्षेत्रमध्ये खेलकुद पनि एक हो : प्रधानमन्त्री प्रचण्ड

इकागज | पुस २७, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा सम्भावनाका धेरै क्षेत्रहरू भएको र त्यसमा पनि खेलकु...

सरकारले असाध्यै राम्रो काम नगरे पनि जनताको शिर झुकाउने कुनै काम गरेको छैन : उपसभापति खड्का

इकागज | पुस २७, २०८०

कैलाली- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले वर्तमान सरकारले जनताको शिर झुकाउने गरी कुनै पन...

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

इकागज | पुस २७, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान ...

पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक : राष्ट्रपति पौडेल

इकागज | पुस २७, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक र...

वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनुहुन्न : प्रधानमन्त्री प्रचण्ड

इकागज | पुस २६, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधारस्तम्भ भएकाले ...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण र सञ्चालनका लागि भरतपुर महानगरलाई जिम्मा दिने सरकारको निर्णय

इकागज | पुस २५, २०८०

काठमाडौँ - असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्र...