मेन न्युज

‘चिसो मान्छे’ टिजर, स्वस्तिमाको यौन मनोविज्ञानको झलक

इकागज | चैत ११, २०७८

काठमाडौँ - असार ३ मा प्रदर्शन हुने फिल्म ‘चिसो मान्छे’ले टिजर सार्वजनिक गरेको छ । १ मिनेट लामो टिजरले फिल्मको कथा र चरित्रलाई दर्शकसँग साक्षात्कार गराउने प्रयास गरेको छ । 

टिजरमा अर्पण थापा दुई भिन्न फ्रेममा दाह्री काटिरहेको देखिन्छन् भने स्वस्तिमा चिया खाँदै उनलाई हेरिरहेकी छिन् । देशभक्त खनालले उनको त्यो हेराइलाई भंग गर्ने प्रयास गरेका छन् । 

यसपछि आउने दृश्यले ट्रकमा राखिएको लासलाई फोकस गर्छ र त्यो ड्रोनसटसँगै टाढा टाढा हुँदै जान्छ । छायांकार, लेखक र निर्देशकको तेहरो जिम्मेवारी सम्हालेका दीपेन्द्र के खनालले फिल्मको छोटो दृश्यमार्फत स्वस्तिमाको अतृप्त यौन चाहानालाई संकेत गरेका छन् । 

फिल्मले लास लिएर यात्रामा निस्कने तीन चरित्रको कथा प्रस्तुत गर्छ । लेखक तथा निर्देशकले फिल्ममा प्रयोग गरेको संवादले पात्रहरू कर्णालीको कुनै भेगलाई प्रतिनिधित्व गर्ने पनि बुझ्न सकिन्छ । 

यसअघि वैशाख ३० लाई प्रदर्शन मिति तोकेको फिल्मले स्थानीय निकायको चुनाव सोही मितिमा घोषणा भएपछि सारेर असार ३ मा पुर्याएको हो । यसअघि यो फिल्मको पोस्टरले भने सामाजिक सञ्जालमा राम्रै प्रशंसा पाएको थियो । ‘बुलबुल’पछि स्वस्तिमाले अभिनय गरेको यो फिल्मलाई प्रतीक्षित फिल्मको रुपमा हेर्ने गरिएको छ । 


 

डी सिने अवार्डमा उत्कृष्ट अभिनेत्रीका लागि सुरक्षा र साम्राज्ञीबीच प्रतिस्पर्धा (मनोनयनसहित)

इकागज | चैत ७, २०७८

काठमाडौँ-  १२ औँ डी सिने अवार्डमा उत्कृष्ट अभिनेत्रीका लागि वर्षा सिवाकोटी, साम्राज्ञी शाह, नम्...