प्रमुख समाचार

मेलम्ची बाढी प्रभावितको नाममा चन्दा वा सहयोग संकलन गरे दुई वर्ष कैद र एक लाख जरिवानाको चेतावनी

इकागज | असार ४, २०७८

काठमाडौँ  :  मेलम्ची बाढीको नाममा चन्दा वा सहयोग संकलन नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले राहत वा चन्दा सहयोग संकलन गरेमा, बजार मूल्य बढाएमा, कृत्रिम अभाव सिर्जना गरेमा, गुणस्तरहीन बस्तुको कारोबार गरेमा दुई वर्ष कैद तथा एक लाख रुपैयाँ जरिवाना गराउने चेतावनी दिएको हो ।  
 
‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा २४ (१) (ख) बमोजिम ‘अनुमति लिई वा नलिई विपदका नाममा चन्दा, राहत वा सहयोग संकलन गरेमा र ऐ ऐनको दफा १ (ख) मा विपदको समयमा अप्राकृतिक रूपमा बजारमूल्य वृद्धि गरेमा वा कालोबजारी गरेमा वा गुणस्तरहीन वस्तु वा सेवाको कारोबार गरेमा’ त्यस्तो कार्य गर्नेलाई कसुरको मात्रा हेरी एक लाख रुपैयाँसम्म जरिवाना वा २ वर्षसम्म कैद वा दुवै सजाय व्यवस्था भएकोले त्यस्तो गलत क्रियाकलाप नगर्न नगराउन, भए गरेको जानकारी वा सूचना प्राप्त भएमा जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकी वा (मोबाइल नम्बर ९८४१३९२८८३) मा जानकारी गराइदिन सर्वसाधारण सबैसँग अनुरोध छ,’ सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जारी विज्ञप्तिमा भनिएको छ ।  

कांग्रेस केन्द्रीय समिति बैठक : भदौ १६-१९ सम्म महाधिवेशन गर्ने निर्णय

इकागज | असार ४, २०७८

काठमाडौँ : नेपाली कांग्रेसले १४ औँ महाधिवेशन भाद्र १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ । शुक्रबार …

पृथ्वीसुब्बाको दाबीः तमुवान् नाम राखे सरकार जोगाइदिने प्रस्ताव आएको थियो

इकागज | असार ४, २०७८

पोखरा : गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको नाम तमुवान राखे आफ्नो सरकार…

संघीयता कार्यान्वयनबारे केपी ओलीमात्रै होइन काठमाडौँ बस्‍ने सबै नेतालाई बुझेको छु : पृथ्वीसुब्बा गुरुङ

इकागज | असार ४, २०७८

काठमाडौँ  : गण्डकीका पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले प्रदेश सभा…

मेलम्ची र हेलम्बुका बाढीपीडितलाई सरकारको ग्यास सिलिन्डर र चुलो राहत

इकागज | असार ४, २०७८

काठमाडौँ : सरकारले  मेलम्ची र हेलम्बुका बाढीपीडित परिवारलाई ग्यास सिलिन्डर र ग्यास चुलो सहयोग दिएको…

इंगल्यान्डविरुद्ध स्कटल्यान्ड : विश्वकै सबैभन्दा पुरानो फुटबल भिडन्त

इकागज | असार ४, २०७८

काठमाडौँ : अन्तराष्ट्रिय फुटबलमा सबैभन्दा पुरानो भिडन्त इंगल्यान्डविरुद्ध स्कटल्यान्ड नै हो । यी दुई टिम …

कुन देशबाट कति खोप ल्याउने भन्ने कुरा सार्वजनिक गर्दैनौँ : स्वास्थ्यमन्त्री तामाङ

इकागज | असार ४, २०७८

काठमाडौँ : नेपाली जनतालाई कोभिडविरुद्ध खोपको विषयमा सरकारले चाँडै सकरात्मक समाचार दिने स्वास्थ्य तथा जनस…