चार न्यायाधीशविरुद्ध एमालेले महाअभियोग प्रस्ताव नल्याउने : तामाङ

इकागज | फागुन २, २०७८

काठमाडौँ- नेकपा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले आफ्नो पार्टी प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावलाई लिएर द्वन्द्व बढाउने पक्षमा नरहेको बताएका छन् । 

नयाँबानेश्वरस्थित संसद भवनमा पार्टीको संसदीय दलको बैठकमा सहभागी हुन पुगेका नेता तामाङले महाअभियोगको प्रस्तावकोबारेमा एमालेले द्वन्द्व बढाउने पक्षमा नरहेको बताएका हुन् । 

कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध  संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेको छन् । यसपछि उत्पन्न राजनीतिक अवस्थाकोबारेमा छलफल गर्न अहिले एमाले संसदीय दलको बैठक बसिरहेको छ । 

तर, यसबारे एमाले द्वन्द्व बढाउने पक्षमा नरहेको नेता तामाङले बताएका हुन् । प्रधानन्यायाधीश जबराविरुद्ध ल्याएको महाअभियोग प्रस्ताव फिर्ता हुने सक्ने नेता तामाङको विश्वास छ । 

साथै दोस्रो पटक विघटित प्रतिनिधिसभा पुनर्स्थापित गर्न आदेश दिएका सर्वाेच्च अदालतका चार न्यायाधीशविरुद्ध एमालेले महाअभियोग प्रस्ताव नल्याउने उनले बताए । 

‘सांसदहरूको हस्ताक्षर संकलन गरेको भए पनि चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने होइन,’ नेता तामाङले भने, महाअभियोगको प्रस्ताव ल्याउँदैनौँ । '

एमाले संसदीय दलको बैठक सुरु, पत्रकार बाहिर निकालेर ओलीले सम्बोधन गर्दै

इकागज | फागुन २, २०७८

काठमाडौं - नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संसद भवनमा जारी बैठकमा दलका ...

चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारीमा एमाले

इकागज | फागुन २, २०७८

काठमाडौँ - नेकपा एमालेले चार जना न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । सत्ता ग...

जबराविरुद्धको महाभियोग पारित गर्नलाई ल्याइएको होइन : नेम्वाङ

इकागज | फागुन २, २०७८

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ससंदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानन्यायाीशविरुद्...

कमल थापाको नजरमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउनुको तीन कारण

इकागज | फागुन २, २०७८

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको ...

विष्णु रिमालको टिप्पणी : गठबन्धनले शान्त प्रतिपक्षीमाथि हानेको ढुंगा सर्वोच्‍चमा बज्रियो

इकागज | फागुन २, २०७८

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल सत्ता गठबन्धनविरुद्ध खनिएका छन् । सत्ता गठबन्धनका सांसदले...

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक फागुन ३ गते पुनः बस्ने

इकागज | फागुन १, २०७८

काठमाडाै - नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक फागुन ३ गते बस्ने गरी सकिएको छ । कांग्रे...