वैशाख ३० गते निर्वाचन गर्दा कानुनी जटिलता आउन सक्छ : देव गुरुङ

इकागज | माघ २५, २०७८

काठमाडाैँ – नेकपा(माओवादी केन्द्र)का नेता देव गुरुङले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्दा स्थानीय तह निर्वाचन सम्बन्धी ऐन संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

नेता गुरुङले कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगावै निर्वाचन गरिसक्नुपर्ने ऐनको व्यवस्था भएकाले बैशाख ३० गते निर्वाचन गर्दा पनि कानुनी जटिलता हुनसक्ने बताए। सम्भव भएमा वर्तमान ऐन संशोधन गर्नुपर्ने र संसद अवरोधका कारण ऐन संशोधन सम्भव नभएमा संविधानको व्यवस्थाअनुसार कार्यअवधि सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने धारणा व्यक्त गरे ।

ऐन र संविधान बाझिएको अवस्थामा मुल कानून भएको हिसाबले संविधानको व्यवस्थाअनुरुप नै निर्वाचन गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘ऐनमा के छ भन्दाखेरी कार्यावधि समाप्त हुनुभन्दा दुई महिना अगाडि निर्वाचन गरिसक्नुपर्ने भन्ने छ । कार्यावधि कहिले सकिन्छ त भन्दाखेरी तीन चरणमा भएको चुनाव मध्येमा पहिलो चरणकोलाई कार्यावधि सुरु भएको मानिएको छ । त्यो समयलाई मान्ने हो भने जेठको ५ गते कार्यावधि समाप्त हुन्छ । कार्यावधि समाप्त हुनुभन्दा दुई महिना अगाडि निर्वाचन गरिसक्नु पर्छ भनेको छ ऐनले त्यो अनुुसार त चैतको ५ गते अगाडि निर्वाचन गरिसक्नुपर्छ । चैतको ५ गतेभन्दा अगाडी निर्वाचन गरिसक्नुपर्ने ऐनको व्यवस्था यथावत रहँदासम्म चैतको ५ गतेदेखि जेठको ५ गतेको बिचमा ऐनले परिकल्पना गरेको देखिदैनँ । त्यसोभएकोले ऐनसँग कसरी मिलाउने भन्ने थोरै जटिलता त हुनसक्छ । कानूनी प्रश्नहरु उठ्न सक्ला भन्ने लाग्छ । तर निर्वाचन गर्नुको त विकल्पै छैन । त्यसमा त समस्या छैन । ऐनको डेडलाइन हेर्दा ऐन संविधानसँग बाझिएको छ। संविधानले कार्यावधि समाप्त भएपछि ६ महिनाभित्र निर्वाचन गर्ने भन्छ । ऐनले कार्यावधि समाप्त हुनुभन्दा दुई महिना अगाडि निर्वाचन गर्ने भनेर भन्छ । त्यसो भएको हुनाले बाझिएको हदसम्म त संविधान नै प्रभावकारी हुन्छ त्यो त । संविधान मुल कानुन हो । त्यो सँग बाझिएका ऐनहरु खारेज हुन्छन् । त्यसकारणले गर्दाखेरी संविधानलाई टेकेर गर्नुपर्ने हुन्छ भन्ने देखाउँछ । संविधान अनुसार डेडलाइन कहिलेदेखि सुरु हुन्छ त भन्दाखेरी पहिलो चरणमा भएकोलाई नै डेडलाइन मान्ने हो भने जेठ ५ गते कार्यावधि समाप्त भयो भने ६ गतेबाट निर्वाचनको डेडलाइन खुल्ने देखिन्छ । संविधान अनुसार हेर्दा त्यो देखिन्छ । नीतिगत हिसाबले त समस्या भएन । खाली विधिको हिसाबले संविधानत्ः जेठ ५ गते मात्र आकर्षित हुने देखिन्छ । ऐन संशोधन गर्नुपर्ने आवश्यकता देखिन्छ । ऐन संशोधन गर्न सकिएन भने संविधानको प्रावधान अनुसार संविधान र ऐन बाझिएको अवस्थामा संविधान प्रभावकारी हुन्छ भनेको छ । बाझिएको हदसम्म ऐन निस्क्रिय हुन्छ भन्ने व्याख्या छ । ऐन र संविधान बाझिएको छ भने हामीले संविधानमै टेक्नुपर्‍यो । संविधानमै टेकेर सरकारका निर्णय गर्दाखेरी वैधानिक रुपमा कम विवादित होला कि ? भन्ने पाँच दलको गठबन्धनले सुझाव त दिएको थियो । सरकारले बैशाख ३० गते गरेको हुनाले पक्कै पनि कानुनी रुपले परिपक्व ढंगले नै गर्‍या हुनुपर्छ भन्ने लाग्छ ।’

नेता गुरुङले राष्ट्रियता र संविधानको रक्षाको निम्ति वर्तमान सत्ता गठबन्धन बनेको उल्लेख गर्दै सो मुद्दाहरु यथावत् रहेकाले स्थानीय निर्वाचनमा पनि गठबन्धन कायम राख्नुपर्ने बताए । यद्यपि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा भने सल्लाह गर्न बाँकी नै रहेको उनले स्पष्ट पारे । उनले भने, ‘गठबन्धन त अहिलेको आवश्यकता अनुसार प्रजातन्त्रको रक्षा, राष्ट्रियताको रक्षा, संविधानको रक्षाको विषयलाई लिएर यो गठबन्धनको प्रक्रिया सुरु भएको अवस्था हो । यि मुद्दाहरु, विषयहरु अझैपनि यथावत् नै छ । त्यो आवश्यकता अनुसार गठबन्धन निरन्तरतामा लानुपर्छ भन्ने त देखाउँछ । तर निर्वाचन भनेको प्रतिस्पर्धा पनि हो फेरि । सहमति भित्रको प्रतिस्पर्धा पनि हो अर्को कुरा चाहिँ । गठबन्धनले कसरी अभ्यास गर्ने निर्वाचनमा भन्ने विषयमा गठबन्धनमै सल्लाह गरेर तय हुन्छ ।’

नेता गुरुङले एमसीसी परियोजना यथास्थितिमा अनुमोदन नहुने स्पष्ट पारे । उनले सो परियोजना संशोधनसहित राष्ट्रिय सहमतीमा मात्र अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे। संशोधन नभएसम्म संसदमा टेबुल नहुने उनले बताए । एमसीसीको विषयमा वर्तमान गठबन्धन रहँदासम्म गठबन्धनमा सहमति गरेर जानुपर्ने उनले उल्लेख गरे । प्रधानमन्त्रीले गठबन्धनको सहमति बिना एमसीसी परियोजना अगाडि बढाएमा गठबन्धन स्वत्ः समाप्त हुने उनले बताए । 

उनले भने, ‘एमसीसी यही रुपमा यथास्थितिमा अनुमोदन हुन सक्दैन । त्यसैले यसलाई संशोधन गर्नुपर्‍यो, परिमार्जन गर्नुपर्‍यो, एमसीसी कम्पनीसँग कुराकानी गर्नुपर्‍यो भन्नेकुरा भइराखेको छ पाँच दल भित्र । कति संशोधन हुन सक्छ, कति परिमार्जित हुनसक्छ, त्यही आधारमा दलहरु बीचमा कति राष्ट्रिय सहमति हुन्छ, हुँदैन भन्ने कुराको आधारमा अगाडि बढ्ने कुरा हो । अहिले पाँच दलको बीचमा संशोधनको विषय भएको हुनाले संशोधनकै लागि प्रयास गरौँ एमसीसी कम्पनीसँग । उसले संशोधन गर्दिन भनेर जतिसुकै भनेता पनि उसले भनेको बेलामा चाहिँ खुरुखुरु संशोधन हुने, हामीले भनेको बेलामा संशोधन नहुने भनेपछि त यो त असमानताको पराकाष्ठा भयो । अहिले यो संशोधन नगरिकन हुँदैन भनेर हामीले कुरा लैजाने, सम्वाद गर्दै गर्ने । जबसम्म संशोधन गर्न तयारी हुँदैन तबसम्म यो सदनमा टेबुल हुने विषय भएन । यो लिङ्गरिङ भइरहन्छ ।  गठबन्धन छोडेर जान चाहानुभयो भने त उहाँको(प्रधानमन्त्री) कुरा पर्‍यो । गठबन्धन रहँदासम्म त गठबन्धनमा सहमति गरेर जाने कुरा हो । गठबन्धन छोड्ने कि नछोड्ने भन्ने त उहाँको(प्रधानमन्त्री) कुरा हो । उहाँले गठबन्धन छोडेर एमसीसी लिएर जानुभयो भने त गठबन्धन स्वत्ः समाप्त भयो त । मलाई लाग्छ गठबन्धन छोडेर उहाँ त्यो रुपले लाग्नुहुन्छ जस्तो लाग्दैन ।’

सभामुखविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता हुनसक्छ: महेश बस्नेत

इकागज | माघ २५, २०७८

काठमाडौँ- नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाअभियोगक...

दलहरू जुटे निर्वाचनमा

इकागज | माघ २५, २०७८

काठमाडौँ- सरकारले मिति घोषणा गरेपछि राजनीतिक दलहरू स्थानीय तह निर्वाचन केन्द्रित तयारीमा जुट्न थालेका ...

प्रचण्ड-माधवको मेख मार्दै वामपन्थी नेताहरूसँग एकता गर्ने ओलीको रणनीति

इकागज | माघ २५, २०७८

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसअघि कम्युनिष्ट पार्टीको एकताको तरिकाले काम नगर...

चन्द नेतृत्वको नेकपाका जुम्ला इन्चार्ज तिरुवासहित दुई दर्जन बढी नेता कार्यकर्ता माओवादीमा प्रवेश

इकागज | माघ २५, २०७८

काठमाडौँ - नेत्रविक्रम चन्द नेतृत्वको नेकपा जुम्ला इन्चार्ज चन्द्रबहादुर तिरुवासहित पाँच दर्जन नेता-कार्यकर्त...

देउवा भन्छन्, ‘माधवजीलाई त्यत्तिकै छोडेर धोखाधडी गर्न सकिन्नँ’

पुष्पराज आचार्य | माघ २५, २०७८

काठमाडौँ– सत्तारुढ गठबन्धनलाई निरन्तरता दिने कि एमालेसँग नीतिगत सहकार्य गरी सबै निर्वाचन गराउने ...