प्रधानमन्त्रीले एमसीसी पास नगरे गठबन्धन तोडिन्छ भनेको होइन : नारायणकाजी श्रेष्ठ

इकागज | माघ १६, २०७८

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता पास नगरे गठबन्धन तोडिन्छ भनेर नभनेको दाबी गरेका छन् । 

शनिबारको गठबन्धनको बैठकमा प्रधानमन्त्रीले एमसिसी पारित नगरे गठबन्धन तोडिन्छ भनेको भन्दै समाचारहरु बाहिरिएपछि आइतबार राति माओवादी केन्द्रका नेता श्रेष्ठले त्यसलाई अस्वीकार गरेका छन् । उनले भ्रममा नपर्न आग्रह गरेका छन् । 

'कुनै भ्रममा नपरौं ; प्रमले एमसिसिसँगको सम्झौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन।आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन' उनले भनेका छन्, 'गठबन्धनमा एमसिसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्नेकुरा पनि सत्य होइन।' 

उनले माओवादी केन्द्र यथास्थितिमा एमसिसीको पक्षमा नभएको बताएका छन् । नेता श्रेष्ठ गठबन्धनले गठन गरेको एमसिसी अध्ययन कार्यदलका सदस्य समेत हुन् । 

स्थानीय तहकाे निर्वाचनकाे सम्बन्धमा सत्ता गठबन्धनकाे निर्णय स्वागतयाेग्य : हृदयेश त्रिपाठी

इकागज | माघ १६, २०७८

काठमाडाैँ – जनता प्रगितशील पार्टीले सत्ता गठबन्धनद्वारा स्थानीय तहकाे निर्वाचन आगामी जेठ मसान्तमा स...

वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाइ गर्न कल सेन्टर सञ्चालन (भिडियाेसहित)

इकागज | माघ १६, २०७८

काठमाडाैँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुन...

पार्टीको लेटरप्याड र छापको दुरुपयोग गरेर मलाई नै हटाइएको कुप्रचार गरियो: कट्टेल

इकागज | माघ १६, २०७८

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले पार्टीको लेटरप्याड र छापको दुरुपयोग गरे...

राप्रपाले परिवर्तनका लागि निर्वाचनबाट प्रतिस्पर्धा र शान्तिपूर्ण संघर्ष दुवै गर्छ

पुष्पराज आचार्य | माघ १५, २०७८

राजेन्द्रप्रसाद लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष हुन् । मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट अध्यक्ष नि...

चुनावसँग हामी आत्तिएका छैनौँ, जुनसुकै मितिमा भए पनि सामना गर्न तयार छौँ : नेपाल

इकागज | माघ १५, २०७८

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जुनसुकै मितिमा भए पनि निर्वाचनको स...