सत्ता गठबन्धनकाे बैठक बस्दै

इकागज | माघ १५, २०७८

काठमाडाैं - पाँच दलीय सत्ता गठबन्धन स्थानीय तहकाे निर्वाचनका विषयमा केन्द्रित भएकाे छ । निर्वाचन आयाेगले वैशाखमै निर्वाचन गर्नेगरी मिति ताेक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धनमान सहमति नजुट्दा घाेषणा हुन सकेकाे छैन ।

पछिल्लाे पटक संविधानसँग बाझिएका कानुन संशाेधनकाे दाबी गरेकाे गठबन्धनकाे बैठक आज शनिबार बस्दैछ । शनिबार बिहान ९ बजे गठबन्धनको बैठक बोलाइएको हाे । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो । 

कांग्रेस केन्द्रीय कार्यसमितिकाे शुक्रबारकाे बैठकमा महामन्त्री गगन थापाले स्थानीय तहकाे चुनावलाई लिएर गठबन्धनले अघि सारेकाे विकल्प संविधानसम्मत नभएकाे बताक्षसकेका छन् ।

तर, माओवादी केन्द्र र एकीकृत समाजवादी भने पहिले संघकाे निर्वाचन र त्यसपछि स्थानीय तहकाे निर्वाचन चाहन्छन् । त्यसैले संविधान र ऐनमा एकरूपता ल्याउने भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने गृहकार्यमा गठबन्धन छ । याे विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चासाे दिएकी छन् । उनले प्रधानमन्त्री देउवासँग छलफल पनि गरेकी छन् । 

'चुनाव सार्ने गठबन्धनको प्रस्ताव संविधानसम्मत छैन, त्यसलाई कांग्रेसले बोक्नु हुँदैन'

इकागज | माघ १४, २०७८

  काठमाडाैँ - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन संविधानसम्मत् ग...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन : रामचन्द्र पौडेल र शेखर कोइराला पनि समेटिए (सूचीसहित)

इकागज | माघ १४, २०७८

काठमाडौँ - नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । आज बसेको पार्टी केन्द्रीय कार्यसमि...

कम्युनिस्टको लहलहैमा लागेर निर्वाचन सार्नु हुँदैन : पोखरेल

इकागज | माघ १४, २०७८

काठमाडौँ- राष्ट्रिय योजना आयोगका पूर्व उपाध्‍यक्ष तथा कांग्रेस केन्द्रीय सदस्य प्राध्यापक डाक्टर गोविन्दरा...

समग्र कांग्रेसको पदाधिकारी बन्न सकेनौँ भने त्यो उल्टो बाटो हुन्छ [अन्तर्वार्ता]

दुर्गा आचार्य | माघ १४, २०७८

पार्टीलाई विधिसम्मत् र संस्थागत तुल्याउन कुनै कसर नछाड्ने दृढता छ, नेपाली कांग्रेसका निर्वाचित उपभासपति ध...

संविधानमा छिद्र खोजेर चुनाव टार्नु प्रतिगामी कार्य : कमल थापा

इकागज | माघ १४, २०७८

काठमाडौं- राप्रपाका पूर्वअध्यक्ष कमल थापाले संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधानविपरीत प्रतिगामी क...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थीको राँके जुलुस

इकागज | माघ १४, २०७८

काठमाडौँ : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको बिरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट विद्य...