माओवादी केन्द्रीय समिति बैठक स्थगित

इकागज | माघ ७, २०७८

काठमाडाैँ - नेकपा माओवादी केन्द्रको यही माघ ८ गतेका लागि तय गरिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । कोभिड महामारीको बढ्दो सङ्क्रमणका कारण स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीको सुझावलाई मध्यनजर गर्दै केन्द्रीय समितिको बैठक अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

पार्टीको स्थायी समितिका पूर्वसदस्य र आयोगको बैठक भने स्वास्थ्य मापदण्डको पालना गरी यही माघ ८ गते शनिबार बिहान ८ः३० बजेका लागि तय गरिएको छ  । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । 

मन्त्री यादवको अभिव्यक्तिबारे राजनीतिक दल भन्छन् : याे अपराधिक र जंगलराज चरित्र हो

सुभाष कर्ण | माघ ६, २०७८

जनकपुरधाम – भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष डा. सीके र...

देउवा, दाहाल र नेपालबीचको भेटवार्ता, भाेलि राजनीतिक संयन्त्रकाे बैठक

इकागज | माघ ६, २०७८

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा ए...