सुनसरी एमाले अध्यक्षमा भण्डारी प्यानल विजयी, कमजोर देखिए द्वारिकलाल चौधरी

इकागज | पुस २९, २०७८

सुनसरी – नेकपा एमाले सुनसरी जिल्ला कमिटी सातौं अधिवेशनबाट अध्यक्षमा रेवतीरमण भण्डारी विजयी भएका छन् । निकै लामो संर्घषपछि चुनावी मैदानमा अन्य दुई प्रतिष्पर्धीलाई पछि पार्दै उनी अध्यक्ष भएका हुन् ।

भण्डारीले ९२० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी खेमराज पोखरेल ७७५ र द्धारिकलाल चौधरीले ८० मत मात्रै पाए । पार्टीभित्र आफ्नो बलियो प्रभाव रहेको दाबी गर्ने चौधरीको मत निकै कम आएको छ ।

यस्तै उपाध्यक्षमा भण्डारी प्यानलबाट निलम खनाल निर्वाचित भएका छन् भने सचिवमा परशुराम यादव निर्विरोध भइसकेका थिए । उपसचिवमा राम कोइराला र योग्यराज खड्का निर्वाचित भएका छन् । यादव, कोइराला र खड्का भण्डारी समर्थक हुन् । यो नतिजा देखिएसगैं अन्य पदमा पनि भण्डारी समर्थक नेताहरु विजयी बन्ने संकेत देखिएको छ । 

विजयी र पराजित उम्मेदवारहरुले पाएको मत परिणाम यस्तो छ-

जम्मा मतदाता : १८०५

अध्यक्ष

रेवती भण्डारी – ९२०

खेमराज पोख्रेल – ७७५

द्वारिकलाल चौधरी- ८०

उपाध्यक्ष

नन्दकुमार बस्नेत -७००

निलम खनाल – १०११

उपसचिव

अन्जनीकुमार पोख्रेल – ४९७

अर्जुन गहतराज – २२९

पदमप्रशाद लिम्बु – ५२५

योग्यराज खड्का – ५६३

लहरुमाया जिमी – २४९

लोकेश निरौला – ४८४

राम कोइराला – ८२१

खोटाङबाट मतदान गर्ने जनप्रतिनिधिलाई गठबन्धनको पक्षमा समन्वय गर्ने निर्णय

इकागज | पुस २९, २०७८

खोटाङ - खोटाङमा सत्ता गठबन्धन दलले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको पक्षमा मतदानका लागि समन्वय गर्ने निर्...

परमादेश सरकारका देशभक्त मन्त्रीलाई टुकी बालेर खोज्दै छु : गोकुल बास्कोटा

इकागज | पुस २९, २०७८

चितवन – नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली भूमिमा भारतले सडक बनाइरहँदा...

मधेस केन्द्रित दलमा रुझान बढदो, तमलोपा र राजपा नेपालसमेत पार्टी पुनः दर्ता

इकागज | पुस २९, २०७८

काठमाडौं - तराई मधेसमा विगतमा राजनीतिक नाम कमाएका पार्टीका नामहरू पुनः ब्युत्याउँदै निर्वाचन आयोगमा र...

पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार देउवालाई सभापतिमा सघाएँ : प्रकाशमान

इकागज | पुस २९, २०७८

काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनको पहिलो चरणको निर्वाचनको म्य...

पाँच महिनासम्म बस्‍न सकेन लोसपा कार्यकारिणी बैठक, दुई सदस्यले पार्टी छोडे

इकागज | पुस २९, २०७८

काठमाडौं - लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा नेपाल) गठन भएको पाँच महिना बित्दासमेत पार्टीकाे कार्यका...

सदस्य मनोनयनमा पक्षपात नगरेको राप्रपा अध्यक्ष लिङ्देनको दावी

इकागज | पुस २८, २०७८

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी सदस्यहरु मनोनयनमा कुनै पक्षपात...

एमाले जिल्ला अधिवेशन : दुई गैरभौगोलिकसहित ५६ जिल्लामा नयाँ नेतृत्व चयन (सूचीसहित)

इकागज | पुस २८, २०७८

काठमाडौं - नेकपा एमालेको जिल्ला अधिवेशनअन्तर्गत  दुई भौगोलिकसहित ५६ जिल्लामा नयाँ नेतृत्व चयन भएक...