एमाले इलामको अध्यक्षमा महेश बस्नेत निर्वाचित

इकागज | पुस २६, २०७८

इलाम - नेकपा एमालेको इलाम जिल्ला अध्यक्षमा महेश बस्नेत निर्वाचित भएका छन् । आइतबार राति सम्पन्न मतगणनाअनुसार अध्यक्षका प्रत्यासी डा. देवी क्षेत्री दुलालाई फराकिलो मतान्तरले हराउँदै बस्नेत अध्यक्षमा निर्वाचित भएका हुन् । इलाम नगरपालिकाका प्रमुखसमेत रहेका बस्नेत डेढ महिना यता एमाले इलामको अध्यक्षको जिम्मेवारीमा थिए । तत्कालीन अध्यक्ष राम राना एमाले केन्द्रीय सदस्यमा निर्वाचित भएपछि बस्नेतले अध्यक्षको जिम्मेवारी पाएका थिए ।

अध्यक्षमा निर्वाचित बस्नेतले ६९४ मत पाउँदा उनका प्रतिस्पर्धी दुलालले ६४ मत मात्रै प्राप्त गरेका छन् । जिल्ला कमिटीको उपाध्यक्षमा उदयबहादुर राई निर्वाचित भएका छन् । सन्दकपुर गाउँपालिकाको अध्यक्षसमेत रहेका राईले याम अधिकारीलाई हराएका हुन् । राईले  ६०८ र अधिकारीले १३७ मत प्राप्त गरेका छन् । सचिवमा उमेश गुरुङ निर्वाचित भएका छन् ।

उनले प्रकाश अधिकारीलाई पराजित गरेका हुन् । गुरुङले ५२७ मत र अधिकारीले २२२ मत पाएका छन् । उपसचिवमा रवीन्द्र सुवेदी र विष्णुमाया आचार्य निर्वाचित भएका छन् । सुवेदीले ४४४ मत र आचार्यले २७२ मत प्राप्त गरे ।

दुई उपसचिवको लागि ६ जनाले प्रतिस्पर्धा गरेका थिए । उपसचिवमा पराजित भएका छवि श्रेष्ठले २५३, रमेश राईले १९७, सन्तराम योङहाङले १२७ र नरेश तामाङले ८८ मत पाएका छन् । पाँच पदाधिकारीसहित १०५ सदस्यीय कमिटीको चयनको लागि ७६३ जनाले मतदान गरेका थिए ।

भीम रावलको प्रश्न : लिपुलेकमा भारतले सडक बनाइरहँदा नेपाल सरकार किन मौन ?

इकागज | पुस २५, २०७८

काठमाडौं - नेकपा एमालेका नेता भीम रावलले नेपाली भूमि लिपुलेकमा सडक अघि बढाउनेबारे भारतीय प्रधानमन्त्...

एमाले बैतडीको जिल्ला कमिटी सर्वसम्मत चयन (सदस्यको नामावलीसहित)

इकागज | पुस २५, २०७८

बैतडी - नेकपा एमाले बैतडीको जिल्ला अध्यक्षमा निर्वमान अध्यक्ष सुरेन्द्र पाल नै सर्वसम्मत चयन भएकाछन् । यसअघि...

नेकपा एमाले कैलालीको जिल्ला अधिवेशनमा लफडा (भिडियाेसहित)

दीपक उपाध्याय | पुस २५, २०७८

कैलाली - नेकपा एमाले कैलालीको जिल्ला अधिवेशनबाट नेतृत्व चयनका लागि समयमा निर्वाचन नभएपछि कार्यकर्ताहरु...