एमाले बैतडीमा सहमति, पाल सर्वसम्मत अध्यक्ष चयन

इकागज | पुस २५, २०७८

बैतडी - नेकपा एमाले बैतडीको जिल्ला अध्यक्षमा निवर्तमान अध्यक्ष सुरेन्द्र पाल नै सर्वसम्मत चयन भएकाछन् । यसअघि अध्यक्षमा गोरख बहादुर चन्दको समेत उम्मेदवारी परेकोमा चन्द उम्मेदवारी फिर्ता लिन तयार भएपछि सहमति जुटेको हो । 

उपाध्यक्षमा यसअघि नै रमील बम चयन भैसकेकाछन् । यसैगरी सचिवमा चक्र कार्की चयन भएकाछन् भने उपसचिवमा चन्द प्यानलबाट एक जना राख्ने सहमति भएको छ । 

जिल्लास्थित नेताहरू र उम्मेदवारहरूका बीचमा भएको गहन छलफल पछि सहमति जुटेको अनेरास्ववियु केन्द्रीय उपमहासचिव गोविन्द गिरीले बताए । 

राष्ट्रिय युवा संघ नेपाल आबद्ध युवाहरूको पहलमा सहमति जुटेको पाटन नगरपालिका वडा न. १०का वडाध्यक्ष देवेन्द्र कुवरले बताए । 

एमाले जिल्ला अधिवेशन : प्रतिनिधि सडकमा कठ्याङ्ग्रिँदै, नेता न्यानो कोठाभित्र सहमति खोज्दै

इकागज | पुस २५, २०७८

बाजुरा - नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशन अन्य जिल्लामा जस्तै शुक्रबारबाटै सुरू भएको छ । तर त...

एमाले सिन्धुपाल्चोक अधिवेशन : सर्वसम्मतिका नाममा निर्वाचन प्रक्रिया लम्‍ब्‍याइयो

इकागज | पुस २५, २०७८

काठमाडौँ - नेकपा एमाले सिन्धुपाल्चोकको जिल्ला अधिवेशनको चुनावी प्रक्रिया लम्बिएको छ । २३ गते उद्घाट...