एमाले एक्लै चुनावमा जान्छ : अध्यक्ष ओली

इकागज | पुस २३, २०७८

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीको हालै सम्पन्न १०औँ अधिवेशनको अध्ययनविना नै टिकाटिप्पणी भइरहेको बताएका छन् । 

पार्टीको जिल्ला अधिवेशनको भर्चुअलमार्फत संयुक्त रुपमा उद्घाटन गर्दै उनले एमाले अधिवेशनले पारित गरेका दस्तावेजले लिएको नीति र सिद्धान्तबारे अध्ययनविना नै विभिन्न टिकाटिप्पणी भइरहेको बताएका हुन् । 

एमालेविरुद्ध हल्ला फिँजाइएको भन्दै उनले भ्रममा नपर्न कार्यकर्ता र आममानिसलाई आग्रह गरे । गठबन्धन र नेकपा (एकीकृत समाजवादी)प्रति खरो टिप्पणी गरेका ओलीले गठबन्धनललाई प्रतिमगनको संज्ञा दिए । 

एमालेसँग अहिले पनि जनमत बढी रहेको दाबी गरेका उनले एकातिर अरु पार्टी र अर्काेतिर एमाले राख्दा पनि एमाले पनि शक्तिशाली रहेको बताए । 

आगामी निर्वाचनमा एमाले एक्लै चुनौतीको सामना गर्न तयार रहेको उनको भनाइ छ । 

अपवित्र गठबन्धनका कारण राष्ट्रिय सभा निर्वाचनमा एमालेको मत परिणाम प्रतिकूल आउँछः अध्यक्ष ओली

इकागज | पुस २३, २०७८

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनमा एमालेको मतपरिणाम प्रतिकूल आउन...

सर्वसम्मत नेतृत्व चयनको कसरत, पदाधिकारीमा पुरानै अनुहार आउने

इकागज | पुस २३, २०७८

सिन्धुपाल्चोक - नेकपा एमाले सिन्धुपाल्चोकको अध्यक्षका लागि चारजनाले आकांक्षा देखाएका छन् । केदार क्षेत्री, ...

अधिवेशनको मुखैमा एमाले सिन्धुपाल्‍चोकका दुई जिल्ला सदस्यले पार्टी छाडे

इकागज | पुस २३, २०७८

काठमाडौँ- नेकपा एमाले सिन्धुपाल्‍चोकका जिल्ला कमिटी सदस्य पूर्ण बहादुर तामाङ वाईवाले पार्टी परित्याग...