माओवादीले टुंग्यायो राष्ट्रिय सभाको उम्‍मेद्‌वार

इकागज | पुस २०, २०७८

काठमाडौँ- राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले उम्‍मेद्‌वारको टुङ्गो लगाएको छ ।

माओवादीले प्रदेश २ महिलामा उर्मिला अर्याल, गण्डकी अन्यमा सुरेश आले मगर, दलिततर्फ गोरखाका भरत सुनार, अपांगमा सुर्खेतका नरबहादुर विष्ट र सुदूरपश्चिम प्रदेश दलित कोटामा जगतलाई उम्‍मेद्‌वार बनाउने निर्णय गरेको हो ।

महाधिवेशनपछि नवनिर्वाचित केन्द्रीय समितिको सोमबार दिउँसो बसेको बैठकले अध्यक्ष दाहाललाई राष्ट्रिय सभा सदस्यको उम्‍मेद्‌वार छनोटका लागि अधिकार दिएको थियो ।

माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । 

सभामुखले गरिमा नराख्दा संसद् अवरुद्ध भएको हो : एमाले उपमहासचिव गुरुङ

बाबुराम भण्डारी | पुस १९, २०७८

विराटनगर - नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले सभामुखले संसद्को गरिमा राख्न नसक्दा प्रति...