एमालेले पनि टुंग्यायो राष्ट्रिय सभा निर्वाचनका लागि १९ उम्मेदवार (सूचीसहित)

इकागज | पुस १९, २०७८

काठमाडाैँ - नेकपा एमालेले पनि राष्ट्रिय सभा सदस्यका लागि १९ जना उम्मेदवारको टुङ्गो लगाएको छ। सोमबार लालितपुरकाे तुलसीलाल आमात्य प्रतिष्ठानमा बसेको एमाले बैठकले उम्मेदवारहरुको टुङ्गो लगाएको हो । 

एमालेले प्रदेश १ बाट देवराज घिमिरे, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भएको छ । त्यसैगरी प्रदेश २ बाट असर्फी यादव, विना र साहलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै बागमती प्रदेशमा गोपाल शाक्य र निरकुमारी कुँवरलाई एमालेले उम्मेदवार बनाएको हाे ।  त्यसैगरी गण्डकी प्रदेशमा गोविन्द बहादुर नेपाली, लीला पोखरेल थनेत र पुण्यप्रसाद पौडेललाई एमालले उम्मेदवार बनाएको छ ।  

त्यस्तै लुम्बिनी प्रदेशमा कृष्णबहादुर सुनार, भारती खनाल र रामदयाल गुप्ता राष्ट्रिय सभा सदस्यका उम्मेदवार बनेका छन् भने कर्णाली प्रदेशबाट पदमबहादुर माझी, जमुना थापा र चूडामणि शर्मालाई एमालले उम्मेदवार बनाएको हाे ।

त्यसैगरी सुदुरपश्चिम प्रदेशमा नरेश विक, सन्तोषकुमारी शर्मा र डिल्लीराज भट्टलाई उम्मेदवार बनाएको बैठकमा सहभागी एक नेताले बताए । राष्ट्रिय सभा निर्वाचनका लागि २० पुसमा उम्मेदवारी दर्ताकाे समय ताेकिएकाे छ ।

त्यस्तै यसअघि नेपाली कांग्रेसले राष्ट्रिय सभाका उम्मेदवारको टुंगो लगाएको थियाे । आज बसेको कांग्रेस पदाधिकारी बैठकले  गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा , दुर्गा पुन र नारायणदत्त मिश्रलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको थियाे । माघ १२ मा हुने राष्ट्रिसभाको चुनावमा एमालेले आफ्नो पुरानो ८ सीट जोगाउनुपर्ने चुनौती छ ।

दाहाललाई लक्षित गर्दै ओलीले भने : अरुले तालिम र हतियार दिए त जनयुद्ध, सनयुद्ध पनि हुने रहेछ

इकागज | पुस १९, २०७८

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धमाथि प्रश्न उठाएका छन् । नेपाल ...

कांग्रेस बाँकेमा संस्थापन इतर पक्षले गर्‍याे पदाधिकारी उम्मेदवार घोषणा

इकागज | पुस १९, २०७८

नेपालगञ्ज - नेपाली कांग्रेस बाँकेको २७ पुसमा हुने जिल्ला अधिवेशनमा संस्थापन इतर पक्षका सभापति पदका उम्म...

राष्ट्रिय सभाको निर्वाचनमा जनमोर्चाबाट राजेश विश्वकर्मा उम्मेदवार

इकागज | पुस १९, २०७८

काठमाडौँ – माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा राष्ट्रिय जनमोर्चाले उम्मेदवारको टुंगो ...