राम्रो काम गर्दा घेराबन्दी भयो - महासचिव पोखरेल

इकागज | पुस १७, २०७८

काठमाडौँ - नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेको बढ्दो लोकप्रियताका कारण चौतर्फ घेराबन्दी भएको बताएका छन् । नेकपा एमाले बाँकेले आज नरैनापुर गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उहाँले जनताले रुचाएकै कारण अहिले एमालेविरुद्ध गठबन्धन भएको दाबी गरेका हुन् ।

“जनताले एमालेलाई रुचाएका कारण अन्य दलले एमालेसँग एक्लै चुनाव लड्न सक्ने अवस्था छैन्”, महासचिव पोखरेलले भने, “एक प्रकारले पार्टीविरुद्ध घेराबन्दी छ र नेतृत्वमाथि चौतर्फी हमला भइरहेको छ, एक हिसाबले भन्दा हाम्रो पार्टीलाई एक्लो बनाउने प्रयास पनि भएको छ ।”

एमालेले देश, जनता, राष्ट्र र परिवर्तनको पक्षमा राम्रो काम गर्दा चौतर्फी आक्रमण गरी एमालेलाई रोक्न गठबन्धन र घेराबन्दी भएको उनले प्रष्ट पारेका हुन् । महासचिव पोखरेलले आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा बाँकेको नरैनापु्र गाउँपालिका क्षेत्रको शिक्षा, स्वास्थ्यलगायत समग्र विकासमा योजनाका साथ काम गरेको उल्लेख गरे । 

कार्यक्रममा रामकुमार दीक्षितको नेतृत्वमा पार्टीमा आएका नेता तथा कार्यकर्तालाई उनले स्वागत गरे । सो अवसरमा नेकपा एमाले केन्द्रीय सदस्य एवं बाँके इन्चार्ज सूर्य ढकाल, सहइन्चार्ज मोहम्मद हारुन हलवाई र जिल्ला अध्यक्ष निरक गुरुङलगायतले बोलेका थिए । रासस 

माओवादीको निर्वाचन कार्यतालिका : आज उम्मेदवारी दर्ता, भोली मतदान

इकागज | पुस १७, २०७८

काठमाडौं - नेकपा माओवादी केन्द्रले निर्वाचन तालिका सार्वजनिक गरेसँगै पहिलो पटक प्रतिस्पर्धामार्फत नय...

राष्‍ट्रिय सभा निर्वाचन: माओवादीको महाधिवेशनका कारण साझा उम्मेदवार छनौटमा ढिलाइ

इकागज | पुस १७, २०७८

काठमाडौँ - राष्‍ट्रिय सभाको निर्वाचन १२ माघमा हुँदैछ । निर्वाचनका लागि  २० पुसमा उम्मेदवार मन...

माओवादी महाधिवेशन : विधान मस्यौदामाथि उठेका प्रश्‍नको आज देव गुरुङले जवाफ दिने

इकागज | पुस १७, २०७८

काठमाडौं - नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा शनिबार नेता देव गुरुङले आफूले पेस गरेको वि...