देशको विकास गर्ने जिम्मा युवाको काँधमा छ : महामन्त्री थापा

इकागज | पुस १६, २०७८

काठमाडाैँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको विकास गर्ने जिम्मा युवाको काँधमा आएको बताए । नेपाल जेसिजले आज यहाँ आयोजना गरेको ‘बिदाई तथा स्वागत’ कार्यक्रममा उनले मुलुकको विकासका लागि युवाको महत्वपूर्ण भूमिका रहेको बताए ।

“जेसिजमा आबद्ध युवाले म कुनै पनि राजनीतिक दलमा आबद्ध छैन भन्न पाउँछ तर राजनीतिभन्दा बाहिर छु भन्न मिल्दैन”, उनले भने । महामन्त्री थापाले जेसिजलाई सबै दलको साथ र सहयोग रहेको स्पष्ट पारे । महामन्त्री थापाले जेसिजले युवालाई ‘लिबरल डेमोक्रेसी’का बारेमा जानकारी गराउनु जरुरी रहेको बताए ।

नेपाल जेसिजका निवर्तमान अध्यक्ष अरुणेश्वर खनालले हाल देशभर झण्डै २०० संस्थामा १० हजारभन्दा बढी युवालई नेपाल जेसिजमा आबद्ध गराइएको बताए । नेपाल जेसिज सन् २०२२ का लागि अध्यक्ष जेसीआई सिनेटर लालमणि भण्डारीले पदभार ग्रहण गरेका थिए । एकवर्षे कार्यकालका लागि २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । 

लोकतान्त्रिक चरित्र निर्माण वर्तमानको आवश्यकता : विश्वप्रकाश शर्मा

इकागज | पुस १६, २०७८

कास्की - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको आवश्यकता लोकतान्त्रिक चरित्रको निर्माण गरेकाे ...

माओवादी फेरि शक्तिशाली भएर फर्किन्छ कि भन्ने चिन्ता बाहिर देखियो : अध्यक्ष दाहाल

इकागज | पुस १६, २०७८

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको आठौं महाधिवेशनले सबैको ध्यानाक...

देउवाले विदेशमा विद्यार्थी सप्लाई गर्ने कारोबारलाई साथ दिए : ओली

इकागज | पुस १६, २०७८

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्र...

लेखनाथ न्याैपानेले सल्लाह नगरी फरक मत राखेको भन्दै दाहालको असन्तुष्टि

इकागज | पुस १६, २०७८

काठमाडौं - लेखनाथ न्यौपानेले सल्लाह नै नगरी फरक मत राखेको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्...