निर्वाचन आयोगको निर्णयप्रति माओवादीको आपत्ति

इकागज | पुस १२, २०७८

काठमाडाैं - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले निर्वाचन आयोगले पार्टीको विधानमाथि गरेको निर्णयको प्रतिवाद गरेको छ । निर्वाचन आयोगले  दलको विधानमा साम्यवाद र वर्ग सङ्घर्ष लेख्न रोक लगाएको छ । आयोगको उक्त निर्णयप्रति माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले आपत्ति प्रकट गरे । आयोगले माओवादी केन्द्रको विधानमा रहेको साम्यवाद, वर्ग सङ्घर्ष, जनक्रान्ति भन्ने शब्द हटाएर मात्रै विधानलाई अद्यावधिक गरेको थियो ।

माओवादी केन्द्रको जारी राष्ट्रिय महाधिवेशनको बन्दसत्रको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महराले आयोगको निर्णयको प्रतिवाद गरे । उनले भने, “कम्युनिस्टहरूको शब्द नै साम्यवाद हो । त्यो नै हटाएपछि त केही बाँकी रहेन । निर्वाचन आयोगको उक्त निर्णयप्रति हामी सहमत हुन सक्दैनौँ । हामी छलफल गरेर  निष्कर्षमा पुगौँला ।” प्रवक्ता महराले पार्टीको नाम, स्वतन्त्रता र विचार उसको मार्गदर्शक सिद्धान्तका आधारमा बन्ने भन्दै आयोगले यस विषयमा लचकताका साथ सोच्नेछ भन्ने विश्वास व्यक्त गरे।  

संविधान र कानुनमा नभएको कुरा विधानमा राख्न मिल्दैन भन्दै आयोगले माओवादीको विधानबाट ती शब्द हटाइदिएको छ । माओवादीले भने आयोगको सो निर्णय अस्वीकार गरेको छ । माओवादीको विधानमा वर्ग सङ्घर्षलाई समाज विकासको मुख्य आधार भन्ने उल्लेख गरिएको छ । नेकपा (एमाले)ले पनि आयोगको उक्त निर्णयको प्रतिवाद यसअघि नै गरिसकेको छ । एमालेका उपमहासचि विष्णु रिमाल र पूर्व महान्यायाधिवक्ता रमेश बडाललगायतले आयोगमा पुगेर दलहरूले आफ्नो लक्ष्य विधानमा उल्लेख गर्न पाउने अधिकार रहेको बताएको थियो ।  

माओवादी महाधिवेशन : यी २५ समूहले दिनेछ अध्यक्ष अध्यक्षलाई सुझाव

इकागज | पुस १२, २०७८

काठमाडाैँ - नेकपा (माओवादी केन्द्र)को बन्दसत्रले अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न...

अध्यक्ष दाहालको दस्तावेजको सार : ‘व्यापक जनाधारद्वारा शान्तिपूर्ण क्रान्ति’

इकागज | पुस १२, २०७८

काठमाडाैँ - नेकपा (माओवादी केन्द्र)को जारी आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज शुरु भएको बन्द सत्रमा अध्यक्...

माओवादीको समूहगत छलफल पेरिसडाँडादेखि एनवान पार्टी प्यालेससम्म

इकागज | पुस १२, २०७८

काठमाडौं - नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक र विधान प्रतिवेदनमाथि छ...

माओवादी महाधिवेशन : बन्दसत्रमा प्रस्तुत प्रतिवेदनको समूहगत निष्कर्ष बुधबार पेस गर्ने

इकागज | पुस १२, २०७८

काठमाडौं - नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिएका प्रतिवेदनमाथि हुने स...

अध्यक्ष ठाकुरले मनोमानी गरेको भन्दै लोसपा कार्यालयमा धर्ना

इकागज | पुस १२, २०७८

काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनुषा जिल्लाका नेता तथा कार्यकर्ताहरुले लोसपाको केन्द्रीय प...