कांग्रेस प्रदेश २ मा १८८१ मत खस्यो, राति ११ बजेदेखि गणना

इकागज | पुस ८, २०७८

जनकपुरधाम - नेपाली कांग्रेस प्रदेश २ को नया नेतृत्वका लागि भएको निर्वाचन सम्पन्न भएको छ । राति करिब ८ बजे सम्पन्न मतदानमा १८८१ मत खसेको छ । कुल मतदाता १९५१ रहेकोमा १८८१ मतदाताले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । 

धनुषा र महोतरीको बुथमा ४६६, सिरहा र सप्तरीको बुथमा ४६५, सर्लाही र रौतहटको बुथमा ४८२ तथा बारा र पर्साको बुथमा ४६८ मत खसेको निर्वाचन समितिका सद्स्य अरूण यादवले जनाएको छ ।

मतगणना आजै राति ११ बजेदेखि हुने उनले जानकारी दिएका छन् । मतदान संस्थापन पक्ष सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार कृष्ण यादवले पहिलो मत खसाएपछि विधिवत रुपमा मतदान सुरु भएको थियो । दोश्रो मत अर्का सभापतिका स्वतन्त्र उम्मेदवार रामसरोज यादवले खसाएका थिए ।  मतदान सम्पन्न लगतै दुवै सभापतिका उम्मेदवारले आ-आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्। 

पुर्व उपसभापति विमलेन्द्र निधि र डा. शेखर कोइरालाको समर्थन पाएका रामसरोज यादव स्वतन्त्र उम्मेदवार हुन् भने कृष्ण यादव संस्थापन पक्षक सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार हुन् । मतदानका ४ वटा बुथ बनाइएको थियो भने एउटा बुथमा २/२ जिल्लाको मत खसाल्ने वयवस्था मिलाइएको थियो । 

सभापति, पदािकारी र सदस्य गरि प्रत्येक बुथमा ३/३ वटा मत पेटिका राखिएको छ । मतपेटिकाको रूपमा ड्राम प्रयोग गरिएको छ । ६७ पदका लागि १ सय ७४ जना उम्मेदवारी दिएका थिए । ५ जना सदस्य बुधवार नै निर्विरोध भइसकेका छन ।
 

राजनीतिबाट विश्राम लिएको होइन, केही क्षणको अल्पविराम मात्र हो : रामचन्द्र पौडेल

इकागज | पुस ८, २०७८

काठमाडौं - नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफू महाधिवेशनमा प्रतिस्पर्धाबाट अलग बस्नु राजनीतिक य...

यी हुन् कांग्रेसका विजयी पदाधिकारीसहित १३४ जना केन्द्रीय नेता [सूचीसहित]

इकागज | पुस ८, २०७८

काठमाडौं - नेपाली कांग्रसको १४ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयन सकिएको छ । मंसिर २४ गते उद्घाटन ...

कांग्रेस चितवनका सभापति केन्द्रीय सदस्यमा पराजित, पूर्वसभापति र राज्यमन्त्री विजयी

इकागज | पुस ८, २०७८

चितवन - नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ केन्द्रीय सदस्यमा पराजित भएका छन् । नेपाली कांग्...

कांग्रेस महाधिवेशन : खसआर्य महिलातर्फ ६ मध्ये पाँच पदमा देउवा पक्ष विजयी

इकागज | पुस ८, २०७८

काठमाडौं - नेपाली कांग्रसको खसआर्य महिलातर्फ को केन्द्रीय सदस्यको मतगणना सकिएको छ । ६ जना चयन गर्नका लाग...

खस आर्यतर्फ केन्द्रीय सदस्यमा निर्वाचित ७ मध्ये ६ जना देउवा पक्षका

इकागज | पुस ८, २०७८

काठमाडौं - नेपाली कांग्रेसको जारी मतगणना अन्तर्गत खस आर्यतर्फको केन्द्रीय सदस्यको मतगणना सकिएको छ । पार्टी...

माओवादी राष्ट्रिय सम्मेलन : नीतिमा बहस, नेतृत्वमा नाइँ-नास्ति

विनोद देवकोटा | पुस ८, २०७८

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) आन्तरिक तयारीसहित प्रथम राष्ट्रिय सम्मेलन निम्ति जुटेको छ । एमाल...

आदिवासी जनजातितर्फको केन्द्रीय सदस्यमा चिनकाजी र उमेश श्रेष्ठलाई धेरै मत

इकागज | पुस ८, २०७८

काठमाडौँ– नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यको जारी मतगणनामा आदिवासी जनजाति क्लष्...