माओवादी प्रदेश-१ अधिवेशन : शर्मा र पुन निकटका नेता चुनावी मैदानमा, २९ जनाको उमेदवारी

इकागज | पुस ७, २०७८

विराटनगर - नेकपा माओवादी केन्द्र प्रदेश- १ कमिटीको ९ जना पदाधिकारीका लागि २९ जनाको उमेदवारी परको छ ।  उद्घाटन भएको १२ दिनमा हुन गइरहेको चुनावमा केन्द्रका दुई नेता निकाटका प्रदेशका नेताबीच प्रतिस्पर्धा हुन लागेको हो । 

अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा र नेता वर्षमान पुन निकटका नेता अध्यक्षका लागि चुनावी मैदानमा उत्रिएका हुन् । शर्माका प्रमुख स्वकीय सचिव हर्क बहादुर नेम्बाङ र पुन निकटका मुक्साहाङ मेनाङवोले अध्यक्षका लागि उमेदवारी दिएका छन्। 

तीन उपाध्यक्ष पदका लागि ८ जनाको उम्मेदवारी कायम भएको छ । जसमा शिवकुमार डाँगी, भोगेन्द्र प्रसाद यादव, पुरुषोत्तम चुँडाल, मणिकुमार साम्पाङ, उर्मिला तामाङ, देवान चाम्लिङ, इन्दीरा मिश्र र मोहन बहादुर खत्री रहेका छन् । सचिव पदका लागि दुई जनाको उम्मेद्वारी परेको छ । जसमा गणेश उप्रेती सुशील र सिपी कडरिया रहेका छन् ।

३ जना सहसचिव पदका लागि भने १३ जनाको उम्मेदवारी परेको छ । जसमा ऋषिराम ढुंगाना (कुसुम), राजु आचार्य, सन्तोष थारु, हर्क लावती, कुमारी राई, निशान्त शर्मा, विजय प्रकाश बनेम, ठमनाथ पराजुली (ध्रुव), कृष्ण जिमी (भरत), दिलकुमार राई, तेजमान कन्दङ्वा र सागर किराती रहेका छन् । 

१ जना कोषाध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ । जसमा मदनकुमार चुँडाल, रामकुमार कार्की, रेवतराज पुरी (गगन) र बन्दना झाँगड (अनिशा) रहेका छन्।

माओवादी प्रदेश अधिवेशन गत मंसिर २५ गते मोरङको विराटचोकमा उद्घाटन गरिएको थियो । प्रदेश कमिटी सदस्य भने यसअघिनै टुंगो लागिसकेको छ । पदाधिकारीमा सहमति नभएपछि चुनाव गरेर नेतृत्व टुगाउन लागिएको हो ।

अन्तिम समय सम्म कसरत गरेपनि सर्वसम्मत गर्न नसकिएपछि चुनावमा जानु परेको माओवादी प्रदेश १ का इन्चार्ज राम कार्कीले बताए ।

सर्वसम्मत नेतृत्व चयनका लागि ५ सदस्यीय कार्यदल गठन गरिएको थियो । प्रदेश १ का सहइन्चार्ज अजम्बर काङ्माङको संयोजकत्वमा केन्द्रीय सदस्यहरु सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र रामकुमारी चौधरी कार्यदलमा रहेका थिए । न्युज कारखाना

न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले मुख्यमन्त्री राइलाई बुझायो प्रतिवेदन

इकागज | पुस ७, २०७८

विराटनगर - प्रदेश १ मा सत्तारुढ गठबन्धनद्वारा गठित सरकारको न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले मुख्यमन्त्...

राजेन्द्र लिङ्देनलाई झापाबाटै विश्वप्रकाशको सुझाव : 'राजतन्त्र फर्काउने भ्रम त्यागौं'

इकागज | पुस ७, २०७८

झापा - नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले राजतन्त्र फर्कन्छ भन्ने भ्रममा नपर्न सबैलाई...

काँग्रेस प्रदेश २ अधिवेशन : ७४ पदका लागि १ सय ८० जनाको उम्मेदवारी

सुवास कर्ण | पुस ७, २०७८

जनकपुरधाम - नेपाली काँग्रेस प्रदेश २ को प्रथम प्रदेश अधिवेशनमा १ सय ८० जनाले उम्मेदवारी दर्ता गराएका छन्...

माओवादीको राष्ट्रिय सम्मेलनका लागि कर्णालीबाट ८८ प्रतिनिधि छनोट

इकागज | पुस ७, २०७८

सुर्खेत- नेकपा (माओवादी केन्द्र) राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुंगाे लगाएको छ । ११ पुसबाट...