अब हुने निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बन्छ : महामन्त्री शर्मा

इकागज | पुस ७, २०७८

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आगामी तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो र बलियो दलका रुपमा स्थापित हुने बताएका छन् ।

नेपाल प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा धारणा राख्दै उनले आगामी निर्वाचनबाट कांग्रेस पहिलो र बलियो दल बन्ने कुरा कुनै भविष्यवाणी नभई जनमतको तथ्य भएको उल्लेख गरेका थिए ।

आफू र पार्टीको नवनिर्वाचित नेतृत्व त्यसैमा केन्द्रित भएर अघि बढ्ने प्रण गर्दै महामन्त्री शर्माले पार्टी प्रतिको युवाको आशालाई विश्वासमा रुपान्तरण गर्ने बताए ।

नेपालको संविधानले प्रेस स्वतन्त्रताका सम्बन्धमा प्रदत्त गरेका अधिकार कुण्ठित हुने कुनै पनि कानुन आउन नदिन अडिग रहेको बताउदै उनले आफू र आफ्नो पार्टीले सदैव स्वतन्त्र मिडियाका पक्षमा रहेको स्पष्ट पारेका थिए ।

आफू पनि कुनै बेला मिडियाकर्मी भएको स्मरण गर्दै महामन्त्री शर्माले सदैव मिडियामैत्री भएर काम गर्ने धारणा व्यक्त गरेका थिए ।

पार्टीको केन्द्रीय कार्यसमितिभन्दा बाहिर रहेका नेतृत्वपङ्तिको भावनालाई पनि समेटेर अघि बढने बताउँदै उनले त्यसका लागि आफू र नेतृत्वले संयोजन गर्ने उल्लेख गरेका थिए ।

मुलुकको समृद्धिका लागि भौतिक पूर्वाधारका साथै सामाजिक रुपान्तरण पनि अपरिहार्य रहेको उनको भनाइ थियो ।

कार्यक्रममा कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सदैव मिडियामैत्री भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिलाउनका लागि अग्रजसँग समूहगतरुपमा क्रियाशील भएर काम गर्ने उनले बताए ।

युनियनका अध्यक्ष बद्री सिग्देलले तत्कालीन कम्युनिष्ट सरकारले प्रेस स्वतन्त्रता कुन्ठित गर्ने गरी अघि बढाएका सबै विधेयक तत्काल खारेज गर्नुपर्ने माग गरेका थिए ।

मिडिया र सञ्चारकर्मीलाई सहयोग पुग्ने गरी प्रभावकारी योजना ल्याउन सरकारलाई उनले आग्रह गरेका थिए । रासस

प्रदेश २ को नामकरण र राजधानीको विषयमा सहमति जुटाउन लोसपाद्वारा वार्ता टोली गठन

इकागज | पुस ७, २०७८

जनकपुर - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रदेश नं २ को नामकरण र राजधानीको विषयमा प्रदेशसभामा प्...

अहिलेकै अवस्थामा एमसीसी पास गर्ने पक्षमा एमाले छैन : विशाल भट्टराई (भिडियोसहित)

इकागज | पुस ६, २०७८

काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अहिलेकै अवस्थामा अमेरिकी मिलेनिअम च्यालेन्...

गगन पुगे सिटौला निवास

इकागज | पुस ६, २०७८

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन थापा नेता कृष्णप्रसाद सिटौला निवास पुगेका छन् । पार्टीको १४औ...