कांग्रेस प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते हुने

इकागज | पुस ३, २०७८

जनकपुरधाम - नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अगामी पुस ६ र ७ गते हुने भएको छ । महाविधेशनअघि नै प्रदेश अधिवेशनको उद्घाटन भए पनि सर्लाहीसहितका जिल्लामा विवाद समाधान नहुँदा कांग्रेसको प्रदेश २ को अधिवेशन अझै हुन सकेको छैन । विवाद हुँदा पार्टी केन्द्रीय महाधिवेशनमा असर नपरोस भनेर स्थगित गरिएको प्रदेश अधिवेशन अब यही पुस ६ र ७ गते हुने भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते गर्ने निर्णय गरेको छ । निर्वाचन समिति सदस्य अरुणकुमार यादवका अनुसार महाधिवेशन सम्पन्न पश्चात पुस ६ र ७ गते प्रदेश अधिवेशन हुने निर्णय भएको हो ।

यता, प्रदेश अधिवेशनको मिति पुनः तोकिएपछि प्रदेशमा कांग्रेस नेताहरूको चहलपहल बढेको छ । प्रदेश सभापतिका लागि देउवा समूहबाट रौतहटका जिल्ला सभापति कृष्ण यादव, विमलेन्द्र निधी समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, स्वतन्त्र उम्मेदवारको रूपमा रञ्जित कर्णले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका थिए ।

पार्टीको महाधिवेशनअघि प्रदेशमा कृष्णा यादव र रामसरोज यादव बलियो उम्मेदवारको रूपमा देखिए पनि महाधिवेशन पश्चात समिकरण फेरिएको शेखर कोइराला समूहले पनि उम्मेदवारी दिन सक्ने कांग्रेसका नेताहरूको भनाई छ ।

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना: ११ सय मत गन्दा कसको कति ?

इकागज | पुस ३, २०७८

काठमाडौँ - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमध्ये शनिबारदेखि केन्द्रीय सदस्य (खुलातर्...

कांग्रेस खुला केन्द्रीय सदस्यको मत गणना जारी : ६४ जना प्रतिस्पर्धाबाट बाहिरिने

इकागज | पुस ३, २०७८

काठमाडौं - नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मतगणना चलिरहेको छ । केन्द्रीय कार्यालय सान...

महाधिवेशनमा प्राप्त जनमतबाट थप ऊर्जा मिलेको छ : मुख्यमन्त्री शाही

इकागज | पुस ३, २०७८

कर्णाली - कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्राप्त जनमतब...

जनआन्दोलनका घाइते मुकेशलाई छोएर विश्वप्रकाशले लिए महामन्त्रीको सपथ

इकागज | पुस ३, २०७८

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा जनआन्दोलनका घाइते बनेपाका मुकेश कायस्...